१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

भारत—पाक युद्धको नयाँ मोडमा, दुवैले गरे कर्मचारी देश निकालाको आदेश

नयाँ दिल्ली–भारत–पाकिस्तान विवाद उत्कर्षको बेला विवादको थप एक नयाँ श्रृङ्खला थपिएको छ। दुवै देशले भिन्न–भिन्न बहान देखाएर एकअर्का देशका कर्मचारीलाई देश निकाला गर्न लागिपरेका छन्।

भारतको विदेश मन्त्रालयले बिहिबार दिल्लीस्थित पाकिस्तान उच्च आयोगका एक कर्मचारीलाई शनिबार सम्ममा भारत छाड्न निर्देशन दिएको छ। भारतीय रक्षा मन्त्रालयको सूचना चुहावट गरेको भन्दै पाकिस्तानी उच्च आयोगका कर्मचारी महसुद अख्तरलाई शनिबार सम्ममा भारत छाड्न निर्देशन दिएको हो।

भारतको निर्णय लगत्तै पाकिस्तानको विदेश मन्त्रालयले पनि इस्लामाबादमा रहेको भारतीय उच्च आयोगका कर्मचारी सुरजित सिंहलाई शनिबार सम्म पाकिस्तान छाड्न निर्देशन दिएको छ। पाकिस्तानी विदेश मन्त्रालयले सिंहले नियोजीत रुपमा पाकिस्तानको रक्षासम्बन्धी सुचना भारतसमक्ष पु¥याएकाले उनलाई तत्काल देश छाड्न निर्देशन दिएको बताए।

भारत प्रशासित क्षेत्र कास्मिरको उडिमा भएको आतंककारी हमलामा १८ भारतीय सैनिकको मृत्यु भएपछि भारत पाकिस्तान विवाद चुलिएको हो। भारतले उक्त हमला पाकिस्तानले गरेको आरोप लगाउदै आएपनि पाकिस्तानले भने उक्त कुराको खण्डन गर्दै आएको छ।
 

प्रकाशित: १२ कार्तिक २०७३ ०५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App