४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

१० लाख भ्रष्टाचारीलाई सजाय

बेइजिङ–चीनले भ्रष्टाचार मुद्दामा दोषी पाइएका १० लाखभन्दा बढीलाई सजाय दिएको बताएको छ । चिनियाँ सरकारी अधिकारीले विगत ३ वर्षमा यत्तिको संख्यामा भ्रष्टाचारमा दोषी पाइएको पुष्टि गरेका हुन् । दोषी पाइएका मध्ये ४ सय ९ जना भने देश छाडी भागेको अधिकारीले बताएका छन् ।
चाइना कम्युनिस्ट पार्टीको प्लेनम बैठकको पूर्व सन्ध्यामा यस्तो आँकडा सार्वजनिक भएको हो  ।

राष्ट्रपति सि जिन पिङले भ्रष्टाचार विरुद्ध कडा नीति अख्तियार गरेका थिए । तर कतिले भने सि जिनले राजनीतिक प्रतिशोध साँध्ने हिसाबले कारबाही गर्ने गरेको आरोप लगाएका थिए । तर राष्ट्रपतिले यसको विरोध गर्दै आएका छन् । बेइजिङमा रहेका बिबिसी संवाददाताले सोमबारबाट सुरु भएको बैठकले पार्टीका नीतिको समिक्षा गर्नुका साथै परिवर्तन गर्ने सम्भावना रहेको बताएका छन् । तर केहीले भने यो बैठकले राष्ट्रपतिलाई थप शक्ति प्रदान गर्ने आशंका रहेको बताएका छन् ।

पार्टीको भ्रष्टाचार हेर्ने संकायले सन् २०१३ यता १० लाख दोषीलाई कारबाही गरिएको जिकिर गरेको छ । यसरी कारबाहीमा पर्नेमा उच्च सरकारी अधिकारीदेखि तल्लो तहका कर्मचारी समेत रहेको बताइएको छ । त्यसबाहेक व्यापार र सञ्चारक्षेत्र सम्बद्ध मानिसलाई पनि कारबाही गरिएको जनाइएको छ । विदेश भागेकालाई समेत खोजी खोजी कारबाही गरिएको पार्टी संयन्त्रले दाबी गरेको छ । भ्रष्टाचारमा पर्ने मध्ये अधिकांशलाई घुस लिएको तथा शक्तिको दुरुपयोग गरिएको पाइएको थियो ।

 

प्रकाशित: ९ कार्तिक २०७३ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App