१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

यस्तो छ बोको हरामको नियन्त्रणमा रहेका गाउँलेको अवस्था

नाइजेरियामा बिगतका कैयौँ वर्षदेखि हिंसा मच्चाइरहेका बोको हराम नामक आतङ्ककारी सङ्गठनको नियन्त्रणमा रहेका व्यक्तिहरु, अझ बिशेष गरी महिलाहरुको स्वास्थस्थिति अत्यन्तै नाजुक रहेको संयुक्त राष्ट्रसंघका प्रवक्ताले बताएका छन्।
राष्ट्रसंघका प्रवक्ताका अनुसार बोको हरामका सशस्त्र लडाकूले नाइजेरियाका विभिन्न गाउँलाई नियन्त्रणमा लिने र गाउँबासीलाई दुःख दिने गरेका छन् ।
तर सुरक्षा निकायहरुले तिनीहरुको राम्ररी उद्धार गर्न सकेका छैन । पछिल्लो केही समययता बोको हरामका लडाकूले उत्तरी नाइजेरियाको एक गाउँलाई पूरै कब्जामा लिई लामो समयसम्म आफ्नो नियन्त्रणमा राखेका थिए । निकै पछि मात्र सरकारी सेनाले सो गाउँलाई मुक्त गरेको थियो ।
नियन्त्रणबाट मुक्त गरिए पनि सो गाउँका नागरिकमा सुरक्षाका साथै अन्य मानवीय सहायताको ठूलो खाँचो परिरहेको राष्ट्रसङ्घीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसिआर) ले जनाएको छ ।
उक्त निकायकाअनुसार महिला र बालबालिकाको संख्या उच्च रहेको सो गाउँमा खाद्यान्न र अन्य आधारभूत आवश्यकताका बस्तु पनि अत्यन्त अभाव भै उनीहरु क्ष्टकर जीवन गुजार्न बाध्य छन्।

सो स्थानमा रहेकाहरुमध्ये धेरैजसो नागरिक विस्थापित रहेका छन् । विस्थापितका लागि न्युनतम सुबिधायुक्त बासको पनि व्यवस्था हुन सकिरहेको छैन।
उचित खाद्यबस्तुको अभावका कारण बालबालिकामा कुपोषणको समस्या देखिएको छ । त्यस्तै उनीहरुमा विभिन्न खाले स्वास्थ्य जटीलता पनि देखिएको उक्त उच्चायुक्तको कार्यालयका उपप्रवक्ता फरहान हकले जानकारी दिए।
त्यहाँ रहेका अधिकांश महिला विधवा छन् र उनीहरुका पतिलाई बोको हरामले नै हत्या गरिदिएका थिए । त्यस्तै बोको हरामले मच्चाएका हिंसाका कारण बेपत्ता भएका व्यक्तिका बाँकी परिवार पनि त्यहाँ आश्रय लिईरहेका छन्।
यसरी त्यस गाउँबासीहरुको अवस्था निकै नाजुक रहेकाले खाद्यान्न, लत्ता कपडा, उचित बसोबासको बन्दोबस्त र अन्य आधारभूत न्यूनतम आवश्यकताका बस्तु व्यवस्था गर्नका लागि सबैको ध्यानाकर्षण गराएको प्रवक्ता हकले जानकारी दिए। रासस/ सिन्ह्वा

 

प्रकाशित: २४ आश्विन २०७३ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App