coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हाइटीमा सामुन्द्रिक आँधीले ल्याएको पीडा

जेरेमिइ (हाइटी) -उत्तरी आन्ध्र महासागरमा तीन दिनदेखि उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हाइटीमा विध्वंश मच्चाएपछि पूरा देश पिडामा परेको छ ।
उत्तरी आन्ध्र महासागरमा गत शुक्रबारबाट उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हाइटीमा विध्वंश मच्चाएपछि सो आँधी संयुक्त राज्य अमेरिकाको तटीय क्षेत्रतर्फ बढिरहेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले हाइटीलाई सहयोग गर्नको लागि अमेरिकी नागरिकलाई सङ्गठीत हुन आग्रह गर्नु भएको छ । अहिले हाइटीमा १० लाख नागरिकलाई सहयोगको आवश्यकता रहेको बताइएको छ । गएको तीन दिनदेखि जारी सामुन्द्रिक आँधी म्याथ्युको कारण सबैजसो भू–भागमा तहसनहस पारेको र आँधीमा परी चार सय भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ ।

हाइटीमा बिगतका केही वर्षदेखि सबभन्दा कडा म्याथ्यु आँधीले उत्पन्न गरेको बाढीका कारण सहर र बस्ती बगाउने, खानेपानी, टेलिफोन, विद्युत् आपूर्ति अवरुद्ध पार्ने गरेको छ । आँधीको बेग दुईसय तीस किलोमिटर प्रतिघन्टासम्म मापन गरिएको छ । गत मङ्गलबार अकस्मात् क्यारेबियन क्षेत्रमा आएको सो आँधीका कारण यसक्षेत्रमा दर्जनाँै मानिस बेपत्ता भएका छन् । हाइटीको आँधीबाट अति प्रभावित दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयको हताहती भएको र लाखौँ मानिस विस्थापित भएका छन् । रासस/एएफपी

प्रकाशित: २३ आश्विन २०७३ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App