६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

एन्टियानो गुटिएरेज संयुक्त राष्ट्रसंघका महासचिव बन्ने निश्चित

क्यार्लिफोनिया–पोर्चुगलका पूर्वपूधानमन्त्री एन्टियानो गुटिएरेज संयुक्त राष्ट्रसंघका आगामी महासचिव बन्ने लगभग निश्चित  भएको छ।
बुधबार राष्ट्रसंघका महासचिवका प्रत्यासी १० जनामाथि गोप्य मतदान भएको थियो।

सुरक्षा परिषद्का  १५ सदस्य राष्ट्र १३ सदस्य राष्ट्रले  गुटिएरेजको पक्षमा मतदात गरेका थिए भने २ सदस्य राष्ट्रले नो अप्सनमा भोट गरेका थिए। सुरक्षा परिषद््मा उनको विपक्षमा कोही पनि देखिएका छैनन्।

राष्ट्रसंघका लागि रसियाली दूत विटाली चरकनले भने, ‘आज राष्ट्रसंघका नयाँ महासचिवकालागि भएको प्रारम्भिक मतदानमा गुटिएरेजले सबैको समर्थन पाएका छन्।’

यसक्रममा गुटिएरेज बुल्गिरीयाकी क्रिस्टलीना जोर्जिवासहित अन्य ८ प्रतिस्पर्धीलाईपछि पारेका हुन्। गुटिएरेजले १० वर्षसम्म संयुक्त राष्ट्र संघको संघीय शरणार्थी नियोगका प्रमुख भएर काम गरिसकेका छन्।

राष्ट्रसंघका वर्तमान महासचिव वान की मुनको कार्यकाल आगामी जनवरीमा सकिएपछि गुटिएरेजले महासचिवको पद सम्हाल्नेछन्। यस अघि उनको नाम राष्ट्रसंघको महासभाले अनुमोदन गर्नुपर्ने छ।

 

प्रकाशित: २० आश्विन २०७३ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App