८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनले रोक्यो भारत जाने पानी, पाकिस्तानमा राहात, भारत थप समस्यामा

नयाँ दिल्ली–उरी हमलालाई लिएर भारत–पाकिस्तानको तनाव बढेको बेलमा चीनले भारतलाई थप समस्यामा पारेको छ।

चीनले आफ्नो सबेैभन्दा ठूलो हाइड्रो प्रोजेक्टको लागि तिब्बतमा ब्रम्ह्पुत्रको एक साहायक नदी बन्द गरिदिएको छ। चीनको यस कदमले भारत लगायत अन्य देशमा ब्रम्ह्पुत्र नदीको पानीको बहाबमा कमी आउने बताइएको छ।

नदी रोकिएसँगै भारतको  अरुणाञ्चल र आसाम लगायतका क्षेत्रमा पानीको वितरणमा कमी आउने बताइएको छ।

चीनले उक्त हाइड्रो प्रोजेक्ट करिब ७  सय  ४० मिलियन अमेरिकी डलरमा निर्माण गर्न लागेको हो र यसैका लागि साहायक नदी रोकेको चिनियाँ संचार माध्यमले जनाएका छन्। सन् २०१४ बाट निर्माण कार्य सुरु गरिएको उक्त योजना सन् २०१९ सम्ममा सम्पन्न हुने बताइएको छ।

भारतले पाकिस्तानसँगको सिन्धु नदी सम्झौतामा पुर्नविचार गर्ने बताइरहेको समयमा चीनले ब्रम्ह्पुत्र सहायक नदी बन्द गर्नुले चीनले पाकिस्तानसँग मिलेर भारत माथि दबाब सृजना गर्न लागेको विश्लेशकहरुले बताएका छन्।

प्रकाशित: १५ आश्विन २०७३ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App