coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जर्मन चान्सलर मर्केललाई घरमै धक्का

बर्लिन–जर्मनीमा बर्लिनको राज्य चुनावमा चान्सलर एंगेला मर्केलको दल क्रिश्चियन डेमोक्याटिक युनियनले नराम्रो धक्का बेहोरोको छ । राष्ट्रिय चुनावको एक वर्षअगाडि मर्केलले अपनाएको खुला शरणार्थी नीतिले मतदाताहरुमा आक्रोश उत्पन्न गराएको विश्लेषकहरुले ठानेका छन् ।
चान्सलर मर्केलप्रतिको आक्रोशको फाइदा आप्रवासनविरोधी नीति लिने पार्टीहरुलाई भए जस्तो देखिन्छ ।

मध्यवामपन्थी सोसल डेमोक्र्याटससंग मिलेर बनाएको सत्तारुढ गठवन्धनबाट अब मर्केलको दल बाहिरिने ठानिएको छ । आप्रवासनविरोधी दक्षिणपन्थी दल एएफडीले पहिलोपटक संसदमा प्रवेश पाउने भएको छ । १० लाखभन्दा बढी शरणार्थीलाई जर्मनीमा प्रवेश दिने निर्णयपछि चान्सलर मर्केलको लोकप्रियता घट्दै गएको थियो ।

उनको दलले १८ प्रतिशतभन्दा कम मत ल्याएको छ जुन परिणाम उक्त दलका लागि अहिलेसम्मकै खराब नतिजा हो । २२ प्रतिशत मतसहित सोसल डेमोक्रयाटस् सबैभन्दा बलियो शक्तिको रुपमा स्थापित भएको छन् भने एएफडीले १४ प्रतिशतको हाराहारीमा मत ल्याएको छ ।

एएफडीका उम्मेदवार गियोर्ग प्याजडरस्कीले भने, ‘शून्यबाट दोहोरो अंकमा पुग्नु अत्यन्तै अनौठो हो । यो बर्लिनमा पछिल्लो ६६ वर्षमा भएको थिएन र परिणामले विशाल गठवन्धनलाई सरकारबाट हटाएको छ ।’ एएफडीले अर्को वर्ष हुने राष्ट्रिय चुनावका लागि आफू बलियो स्थानमा रहेको बर्लिनको चुनावले देखाएको टिप्पणी गरेको छ । योसँगै एएफडी आउँदो वर्ष हुने संसदीय चुनावमा सामेल हुन योग्य भएको छ । यसका नेताले आउँदो वर्षको चुनावमा आफ्नो पार्टी तेस्रो ठूलो दलको रुपमा अगाडि आउने विश्वास व्यक्त गरेका छन् ।

 

प्रकाशित: ४ आश्विन २०७३ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App