१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

आइएसआइको पञ्जाबाट भाग्न सफल नाडिया राष्ट्रसंघको सद्भावना दूत

न्युयोर्क– संयुक्त राष्ट्रसंघले इस्लामिक स्टेट आइएसआइको नियन्त्रणबाट भाग्न सफल इराकी युवती नाडिया मुरादवासी ताहालाई सद्भावना दूत नियुक्त गरेको छ।

शुक्रबार भियन्नामा सम्पन्न संयुक्त राष्ट्र संघको बैठकले नाडियालाई मानव बेचविखनविरुद्धको अभियानका लागि ससद्भावना दूत नियुक्त गरेको हो।

आइएसआईले सन् २०१४ मा नाडियाको परिवारलाई गोली हानी हत्या गर्दै उनलाई आफ्नो नियन्त्रणमा लिएको थियो। त्यसपछि आइएसआईले नाडियालाई पनि अन्य महिलाजस्तै यौनदासीका रुपमा राख्दै आएको थियो। उनी तीन महिनापछि आइएसआईको नियन्त्रणबाट भाग्न सफल भएकी थिइन्। उनको जर्मनीमा उपचार गरिएको थियो।

उनले सन् २०१५ को राष्ट्रसंघको बैठकमा आइएसआईले आफूलाई बन्धक बनाइएका अन्य महिला जस्तै यौनदासी बनाइएको र आइएसआईका लडाकुले आफूलाई पटक पटक बतात्कार गरेको बताएकी थिइन्। उनले आइएसआईले मुश्लिम धर्मको नाममा आतंक फैलाएको भन्दै तत्काल उसका विरुद्ध सशक्त हमला गर्न आग्रह गरेकी थिइन्।

नाडिया यसै वर्ष टाइम्स म्यागेजीनले सार्वजनिक गरेको विश्वका एक सय प्रभावशाली महिलाको सुचीमा पर्न सफल भएकी थिइन्।

राष्ट्रसंघले नाडियालाई सम्मान स्वरुप सद्भावना दूत नियुक्त गरेको जनाएको छ।
 

प्रकाशित: ३१ भाद्र २०७३ १०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App