७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्प र क्लिन्टनबीच कस्तो प्रतिस्पर्धा होला ?

वासिङटन— अमेरिकी राष्ट्रपतिको निर्वाचनको प्रतिस्पर्धामा रहनुभएका रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी नेता हिलारी क्लिन्टनबीच पहिलो बहस सुरु हुनुभन्दा दुई हप्ता अघि कडा प्रतिस्पर्धा रहने बुधबार सार्वजनिक गरिएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युज तथा न्युयोर्क टाइम्स एनवाईटीको राष्ट्रिय मत सर्वेक्षणले हिलारी क्लिन्टनको पक्षमा ४६ प्रतिशत मत आउने देखाएको छ भने उहाँका प्रतिस्पर्धी रिपब्लिकन नेता ट्रम्पलाई ४४ प्रतिशत प्राप्त भएको छ । तर मतदानका लागि नाम दर्ता भएका मतदाताहरुबीच भएको सर्वेक्षणले डेमोक्रेटिक पार्टीतर्फका उम्मेदवार क्लिन्टनको ४६ प्रतिशत र ट्रम्पको ४१ प्रतिशत देखाएको छ ।

यसैबीच  एक दिन पहिले क्विनीपियाक युनिभर्सिटीले डेमोक्रेटिकको तेस्रो उम्मेदवारबाट समर्थन प्राप्त गरिसकेको अवस्थामा क्लिन्टनलाई ४१ प्रतिशत मत प्राप्त हुने देखिएको जनाएको छ । उक्त सर्वेक्षणले रिपब्लिकन नेता ट्रम्पलाई ३९ प्रतिशत मतदाताको समर्थन प्राप्त हुने देखाएको छ ।

सीबीएन अर्थात् एनवाईटीको सर्वेक्षणले टेमोक्रेटिक पार्टीका समर्थकबीच एक महिना पहिलेको तुलनामा मतदानका लागि उत्साह घटेको तर रिपब्लिकनका प्रशंसकमा भने उत्साहमा वृद्धि देखिएको दाबी गरेको छ।

अगस्टको सर्वेक्षणले ७७ प्रतिशत मतदाताले आफू क्लिन्टनलाई मतदान गर्ने उत्साहित रहेको जनाएकोमा यस महिना यसमा कमी आएर ६४ प्रतिशतमा झरेको देखिएको जनाएको छ । तर रिपब्लिकनमा भने अघिल्लो महिना ४३ प्रतिशत मतदाता उत्साहित देखिएकोमा यसमा वृद्धि भएर यस महिना ६८ प्रतिशत पुगेको बताइएको छ । दुई उम्मेदवारलाई समर्थन गर्ने पुरुष मतदातामा ट्रम्पले दुई अङ्कको फरकले नेतृत्व लिएको देखिन्छ भने क्लिन्टनलाई पनि महिला मतदाताको दुई अङ्कको फरकको नेतृत्व लिड हुने सर्वेक्षणले देखाएको छ । सवेक्षणले ट्रम्पलाई अफ्रिकी मूलका अमेरिकी मतदाताको मन जित्नमा कठिनाई देखिएको र क्लिन्टनलाई श्वेतहरुको समुदायमा प्रसिद्धि कमाउन गाह्रो परेको देखिएको छ।

त्यसैगरी श्वेत समुदायका कम शिक्षित मतदाताहरुको आकर्षण अर्थात् ५८ प्रतिशत समर्थन ट्रम्पमा देखिएको छ तर क्लिन्टनको भने श्वेत समुदायका शिक्षित मतदाता माझ प्रभाव राम्रो देखिएको छ । रासस/एएफपी

 

 

प्रकाशित: ३१ भाद्र २०७३ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App