१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

ब्रसेल्सको अपराध अनुसन्धान ल्याबमा बम विस्फोट

ब्रसेल्स– बेल्जियमको राजधानी ब्रसेल्समा रहेको ब्रसेल्स इन्सिच्युट अफ क्रिमिनोलोजीमा बम विस्फोट भएको छ।  उक्त विस्फोटमा परि कुनै मानवीय हताहातीको खबर नआएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

बेल्जियमका संचार माध्यमले स्थानीय समय अनुसार बिहान सात बजे एक कार उक्त ल्याबको पार्किङमा आएको र त्यसमा भएका एक व्यक्तीले बम विस्फोट गराएको उल्लेख गरेका छन्। उक्त ल्याब अपराधीक घटनाको छानविनको लागि प्रयोग हुदै आएको छ।

गत मार्चमा भएको आत्मघाती विस्फोटन पछि बेल्जिममा उच्च सुरक्षा सर्तकता अपनाउदै आइएको छ। इस्लामीक स्टेट आइएसआइले गरेको उक्त विस्फोटनमा परि ३२ जना मारिएका थिए। विस्फोटनको हाल सम्म कुनै समूहले जिम्मा लिएको छैन।

 

प्रकाशित: १३ भाद्र २०७३ ०९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App