१४ माघ २०७९ शनिबार
अन्तर्राष्ट्रिय

इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या

वेस्ट बैंकको रामल्लाह सहरनजिक इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गर्दा शनिबार इजरायली सेनाले एक प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन्।

शहरको उत्तरपश्चिममा ४२ वर्षीय तारिक माली मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जानकारी दिएको छ।  उनको शवलाई इजरायली सुरक्षाले नियन्त्रणमा राखेको जानकारी दिइएको थियो। विज्ञप्तिमा घटनाबारे थप विवरण दिइएको छैन।

चक्कु बोकेका एक प्यालेस्टिनीले इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गरेका र  यसैबीच, यस क्षेत्रमा इजरायली सैनिकहरुले प्यालेस्टिनी व्यक्तिलाई गोली हानेको इजरायली सञ्चार माध्यमले जानकारी दिएको छ।  

जनवरीको सुरुदेखि नै इजरायली र प्यालेस्टिनीबीच तनाव बढ्दै गएको छ। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार जनवरी १ देखि इजरायली सैनिकहरुले करिब २० प्यालेस्टाइनीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।रासस

प्रकाशित: ८ माघ २०७९ १४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App