१४ माघ २०७९ शनिबार
अन्तर्राष्ट्रिय

जापानको मुद्रास्फीति दर एकचालीस वर्षकै उच्च

जापानको मुद्रास्फीति दर एकचालीस वर्षपछि उच्च विन्दुमा पुगेको छ। बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ। उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ।

जीवनयापनको बढ्दो लागत कम गर्न ब्याज दर बढाउनल केन्द्रीय बैंकलाई  दबाब परेको छ। खाद्यान्नदेखि इन्धनसम्मका सबै उपभोग्य वस्तुको बढ्दो लागतको बाबजुद ब्याज दर नबढाउने घोषणा गरेर बैंक अफ जापानले लगानीकर्ताहरूलाई चकित पारेको छ।

केही समयदेखि उपभोक्ता मूल्य भन्दा उत्पादन मूल्य तीव्र गतिमा बढ्दै गएको छ। शुक्रबार जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार मुद्रास्फीति सन् १९८१ यताकै उच्च विन्दुमा पुगेको छ। बजार मूल्य लगातार नवौंँ महिनामा बढेको छ  जुन केन्द्रीय बैंकको दुई प्रतिशतको लक्ष्यभन्दा माथि छ। मूल्य वृद्धि पछि पनि विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान संसारको सबैभन्दा कम मुद्रास्फीति दर भएका देशका सूचीबाट बाहिरिएको छैन।

प्रकाशित: ६ माघ २०७९ १७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App