१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विदेश भ्रमणको समयमा राजकुमारी डायनाले आफूसँग सेक्स टोय राख्ने गरेको खुलासा

लण्डन–बेलायतका शाही सुरक्षाका पूर्व अधिकारी रहेका केन बाँफले एक सनसनीपूर्ण खुलासा गरेका छन्। उनले राजुमारी डायनाले विदेश भ्रमणमा निस्कँदा आफूसँग एक विशेष सेक्स टोय पनिसँगै लाने गरेको र उक्त सेक्स टोय भाइब्रेटर हुने गरेको दाबी गरेका छन्।

उनले आफ्नो नयाँ पुस्तक ‘अ क्लोज्ली गार्डेड सिक्रेट’मार्फत  सो खुलासा गरेका हुन्। उक्त पुस्तकमा उनले भनेका छन्, ‘राजकुमारी डायना एक पटक फ्रान्सका राष्ट्रपति र पाँल मैर्काटनीसँग भेटघाट गर्दै थिइन् , सो समयमा पाँल मैर्काटनीको ब्यागमा भाइब्रेटर देखिएको थियो, त्यसदिनपछि राजुमारी डायनाले पनि प्रत्येक विदेश भ्रमणम निस्कँदा भाइब्रेटर लान थालिन्।’

उनले यसकालागि राजुमारी डायनाले लेडी साहालाई सेक्स टोय ह्यान्डब्यागमा राख्न खटाएको बताए। बाँफले एक पटक राजकुमारीले नेपाल भ्रमणको गर्दा डेम्लोम्याटिक ब्यागमा राखेर सेक्स टोय बेलायती दूतावास पुर्याएको खुलासासमेत गरेका छन्।  तर केनको उक्त दाबीको हाल सम्म कसैले विरोध वा समर्थक गरेका छैनन्।

 

प्रकाशित: ३१ श्रावण २०७३ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App