६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

ऋणात्मक जन्मदरका कारण चीनको जनसंख्या घट्यो

सर्वाधिक न्यून जन्म दरका कारण गत ६० वर्षयता चीनमा पहिलोपटक जनसंख्या घटेको छ। सन् २०२१ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड २६ लाख रहेकोमा सन् २०२२ मा यो १ अर्ब ४१ करोड १७ लाख ५० हजारमा ओर्लेको छ। यसरी सन् २०२१ को तुलनामा सन् २०२२ मा जनसंख्या ८ लाख ५० हजारले घटेको छ। सन् १९६१ यता चीनमा जनसंख्यामा पहिलोपटक ह्रास आएको हो।

चीनको तथ्यांक विभागका अनुसार सन् २०२२ मा प्रतिहजार मानिसमा जन्म दर माइनस ६.७७ रहेको छ। विभागका अनुसार चीनमा जन्मने भन्दा मृत्यु हुनेको संख्या बढी देखिएको छ।

सन् २०२१ मा अमेरिकामा प्रति हजारमा ११.०६ जन्मदर रहेको थियो भने भारतमा प्रतिहजारमा जन्मदर १६.१२ रहेको थियो।

जनसांख्यिक सन्तुलनलाई कायम गर्न चीनले सात वर्षअघि एक बच्चा नीतिलाई परित्याग गरेको थियो र जनसंख्या वृद्धिका लागि विभिन्न प्रोत्साहनात्मक कार्यक्रम लागु गरेको थियो।

प्रकाशित: ५ माघ २०७९ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App