coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानका परमाणु वैज्ञानिक आमिरीलाई फाँसी

तेहेरान–इरानको परमाणु योजनाबारे जानकार एक वैज्ञानिकलाई फाँसी दिइएको छ। सन् २००९ देखि बेपत्ता भएका शहराम आमिरीलाई सन् २०१० मा अमेरिकी गुप्तचर संस्था सिआईएले नियन्त्रणमा लिएको समाचार बाहिर आएको थियो।

त्यसक्रममा उनले यातनामा परी इरानको परमाणु योजनका बारेमा अमेरिकालाई सबै जानकारी दिएको खुलासा भएको थियो। सिआईएको नियन्त्रणबाट भाग्न सफल आमिरीलाई तेहेरानमा पुग्नासाथ इरानका सुरक्षाकर्मीले पक्राउ गरेका थिए।

सन् २०१० देखि  प्रहरी हिरासतमा रहेका आमिरीको शव उनको परिवारलाई बुझाइएको थियो। सो क्रममा उनको घाँटीमा डोरीको डाम देखिएपछि उनलाई फाँसी दिइएको खुलासा भएको उनको आमाले संचार माध्यमलाई बताइन्।

 

प्रकाशित: २३ श्रावण २०७३ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App