४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

चीनलाई साउदी अरबकाे धम्कीः ९/११ काे जस्ताे अाक्रमण

रियाद–चीनमा मुस्लिमको पवित्र स्थल मक्काको नक्कल गर्दै बनाउन लागिएको भवन चीनका लागि खतरनाक सावित हुने साउदी अबरले चेतावनी दिएको छ। चीनमा मक्काको नक्कल गर्दै बनाउन लागेको  भवनप्रति साउदीले आपत्ति जनाएको अन्तर्राष्ट्रिय संचारमाध्मले उल्लेख गरेका छन्।
साउदी अबरका राजा सलमान बिन अब्दुल अजीजले चीनलाई धम्की  दिएका छन्।  उनले चीनले मक्काको नक्कल गर्दै बनाउन लागिएको भवन बनाउने कार्य नरोके अमेरिकाको ट्विन टावरमा भएको आक्रमणजस्तै अवस्था आउनसक्ने चेतावनी दिएका हुन्। ‘चीनले मक्काको नक्कल गर्दै भवन बनाउने काम तत्काल बन्द गर्नुपर्छ,’ उनले भने,‘यदि सो कार्य रोकिएन भने त्यसको परिणाम सामना गर्न  चीन तयार हुनुपर्छ।’ साउदी राजाको सो चेतावनीपछि विशेषज्ञहरुले चीनलाई सतर्क रहन सुझाव दिएको संचारमाध्यमले उल्लेख गरेका छन्।

उता चीनले भने यही वर्षभित्रै सो भवनको निर्माणकार्य पूरा हुने जनाएको छ। सो भवनको निर्माण मध्य चीनको ननचांग सहर नजिक गर्न लागेको हो। चीनले भने मक्का जस्तै भवन मुस्लिम समुदायका लागि खुशीको खबर भएको जनाउको छ। चीनका पर्यटन मन्त्री हु यान चाओ आफैंले सो भवन निर्माणको जिम्मेवारी लिएको संचारमाध्यमले उल्लेख गरेका छन्। सो भवन निर्माण गर्न करिव २० करोड युआन खर्च हुने अनुमान गरिएको छ।
चीनले साउदी अबरको भनाइको खण्डन गर्दै आफूले मक्काको नक्कल नगरेको दाबी गरेको छ।  चीनमा पेरिसको एफिल टावर, लण्डनको टावर बृज र अमेरिकाको स्ट्याचु अफ लिबर्टी जस्ता चीनको निर्माण पहिला नै निर्माण भइसकेको संचारमाध्यमले उल्लेख गरेका छन्।
आफ्नो दाजुको निधनपछि सलमान बिन अब्दुल अजीजले साउदीको गद्दी सम्हालेका हुन्।  उनी अलकायदा निकटका रुपमा चिनिने गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। अमेरिकामा भएको ९÷११ आक्रमणपछि सलमान अजीजमाथि समेत शंका गरिएको थियोर मक्कामा प्रत्येक वर्ष विशवभरबाट ६ लाख हज यात्री पुग्छन्।

 

प्रकाशित: ११ श्रावण २०७३ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App