७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतीय सेना चढेको विमान सम्पर्कविहिन

नयाँ दिल्ली— भारतीय सेना चढेको विमान सम्पर्कविहिन भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

संचारमाध्यमका अनुसार एन्टोनोभ—३२ २० जना सैनिक चढेको उक्त विमान वे अफ बंगाल आसपास पुगेपछि सम्पर्कविहिन भएको इन्डियन एयर फोर्सले जनाएको छ।

उक्त विमान स्थानीय समयअनुसार बिहान ८ः३० मा चेन्नाईबाट निकोबारको पोर्ट बेल्यरका उडेको थियो। सो विमान वे अफ बंगाल आसपास पुगेपछि सम्पर्कविहिन भएको हो।

संचारकर्मीसँग कुरा गर्दै एयर फोर्सका प्रवक्ताले पानी जहाज तथा अन्य विमानको प्रयोग गरी हराइरहेको विमानको खोजीकार्य सुरु गरीएको बताए।

 

प्रकाशित: ७ श्रावण २०७३ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App