१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

टर्की सैनिक ‘कू’ प्रयासमा अमेरिकाको सहयोग छ भन्नु गलत : अमेरिका

वासिङटन– अमेरिकाले टर्कीमा हालै भएको सैनिक ‘कू’ मा अमेरिकाको सहयोग छ भन्नु गलत भएको बताएको छ । टर्कीका श्रम मन्त्रीसँग फोन वार्ताका क्रमम अमेरिकी सुरक्षा परिषद प्रमुख जोन केरीले टर्कीलाई आफ्ना विरुद्ध अभिव्यक्ती नदिल चेतावनी दिएका हुन् ।उनले यस्तो अभिव्यक्तीले दुई देशबीचको आपसी समझदारीमा असर पुग्न सक्ने चेतावनी दिएका हुन्।

सैनिक ‘कू’ को प्रयास असफल भएपछि संचार माध्यमसँग कुरा गर्दै टर्कीका राष्ट्रपति रिकेभ तेइप्प एर्दोआनले अमेरिकामा हरेका फेतुल्लाहा गुलेनको योजनामा उक्त प्रयास भएको अभिव्यक्ती दिएका थिए।

शुक्रबार राति त्यहाँको सैनिकको एक खेमाले एर्दोआनको सरकार अपदस्त भएको भन्दै सत्ता आफ्नो नियन्त्रणमा लिएको बताएका थिए। तर उनीहरुको उक्त प्रयास असफल भएको थियो । सो क्रममा भएको झडपमा २ सय जना भन्दा बढी मानिसको मृत्यु भएको थियो भने १ हजार ४ सय ४० जना घाइते भएका थिए। टर्की सरकारका अनुसार मारिनेमा १ सय ४ जना सुरक्षाकर्मी र १६१ जना सर्वसाधरण छन्।

 

प्रकाशित: २ श्रावण २०७३ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App