६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

ब्राजिलले ओलम्पिक सुरक्षा नीतिको समीक्षा गर्ने

रियो दि जेनेरियो –ब्राजिल सरकारले आगामि महिना हुने रियो ओलम्पिक खेलकालागि तयार पारेको सुरक्षा नीतिको समिक्षा गर्ने बताएको छ।
फ्रान्सको निस सहरमा शुक्रबार ८४ जनाको ज्यान जाने गरी भएको लरी आक्रमणपपछि ब्रजिल सरकारले आफ्नो सुरक्षा नीतिको समिक्षा गर्नै बताएको हो।

ब्राजिलका रक्षा मन्त्री राहुल जुङमनले निसमा भएको घटना निन्दनीय र चिन्ताजक भएको बताए। जुङमनले भने ‘हामी हाम्रो सुरक्षा प्रणालीको समिक्षा गर्छौं, सडकमा भैरहेका चेकपोस्टको संख्या बढाउने र सुरक्षा जाचँमा कडाई गर्दछौँ। ब्राजिलमा यसअघिनै रियो सहरमा ओलम्पिक खेल अबधिभर सार्वजनिक बिदा दिनुका साथै केही स्थानमा मालबहाक ट्रकलाईसमेत प्रवेशमा रोक लगाइएको छ।

ब्राजिलका खेलकुद मन्त्री लियोनार्दो पिसियानीले आफूहरु खेलको तयारीलाई लिएर ढुक्क रहेको र खेलमा नयाँ सुरक्षा नीति र प्रविधिहरु प्रयोग गरिने बताए। साथै उनले २४ जुलाईबाट नै सैनिकलाई खेलस्थलको निरीक्षणको जिम्मा दिने बताए। उनले भने ‘खेल अबधिभर ८०,००० सुरक्षाकर्मी तैनाथ गर्नेछौं र  उनीहरु दैनिक भक्ताका लागि २४ मिलियन डलर छुट्याएका छौँ।’ रियो ओलम्पिकमा खेल हेर्न ५ लाख विदेशी पर्यटक आउने अनुमान गरिएको छ ।

 

 

 

प्रकाशित: १ श्रावण २०७३ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App