७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बलात्कारको भिडियो खिचेर छात्राको यौन शोषण गर्ने म्यानेजर पक्राउ

उत्तर प्रदेश- भारतको उत्तर प्रदेशस्थित एटा भन्ने स्थानमा १५ वर्षकी किशोरी बलात्कार गरेको आरोपमा विद्यालयका व्यवस्थापक पक्राउ परेका छन्। बलात्कारको घटना अहिलेको भने होइन अघिल्लो वर्ष २०१५ को हो। सामाजिक सञ्जालमा अहिले त्यतिबेलाको बलात्कार भिडियो भाइरल भएपछि घटना सार्वजनिक भएको हो।

एक वर्ष अघि भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाका आरोपी विद्यालय प्रबन्धकलाई पक्राउ गरेको हो।

प्रहरीकाअनुसार माध्यामिक विद्यालयकी एक छात्रालाई स्कूल प्रबन्धक जितेन्द्रकुमारले गत वर्ष बलात्कार गरेका थिए। पीडितले डरका कारण यो घटनालाई सार्वजनिक गर्न सकेनन्। जितेन्द्रले किशोरीलाई जबरजस्ती शारीरिक सम्पर्क गर्नुअघि स्मार्टफोनको भिडियो बटन अन गरेका थिए। मोबाइलबाट खिचेको सो भिडियो क्लिप उनले आफूसँगै राखेका थिए। बलात्कारको भिडियो आफूसँग राखेर जितेन्द्रले बालिकालाई बारम्बार धम्क्याउँदै यौन शोषण गर्दै आएका थिए।

यसैबीच एक वर्षपछि सो भिडियो सामाजिक सञ्जालमा देखापर्‍यो। यो कसरी सामाजिक सञ्जालसम्म पुग्यो भन्ने कुरा बाहिर आएको छैन। सामाजिक सञ्जालमा बलात्कारको भिडियो भाइरल भएपछि पीडित किशोरीले परिवारलाई घटनाबारे जानकारी दिइन्। त्यसपछि उनका परिवारले प्रहरीमा उजुरी गरे। सोही उजुरीका आधारमा प्रहरीले विद्यालय प्रबन्धक जितेन्द्रलाई पक्राउ गरेको हो।

प्रकाशित: १७ असार २०७३ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App