१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

कहाँ छ फ्रि भिसा– फ्रि टिकट ?

दुई लाख ६० हजार रुपैयाँ बुझाएर कतार आइपुगेका लेखफर्सा–७, सुर्खेतका ३७ बर्षिय ओमबहादुर कामी हालै नेपाल फर्किए । उनलाई कतार पठाउन हिमालन म्यानपावरले श्रम स्वीकृति लिएको थियो । काठमाडौंमा भनिएजस्तो काम नपाएपछि उनी आफ्नै टिकटमा देश फर्किए । ....................

जतिखेर नेपाली कामदारको बिषय उठ्छ, त्यतिखेर कतारी अधिकारीहरुले सुरुमै बताइहाल्छन्– ‘कुनै पनि बिदेशी कामदारले कतार आउनुपर्दा लागत खर्च तिर्नुपर्दैन ।’ नेपालबाट आएका सरकारी तथा उच्च राजनैतिक नेतृत्वले कतारका प्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्रीदेखि राष्ट्रिय मानबअधिकार समितिका अध्यक्षसम्मसँग ‘कट्सी’ भेटघाट गर्दा नेपाल पक्षलाई अर्को कुरा भन्न उनीहरु छुटाइहाल्दैनन्, ‘नेपाली कामदार ऋणको भारी बोकेर कतार नआओस् भन्ने हामी चाहन्छौं ।’ नेपाली दूतावासका अधिकारीलाई कतारी निकायले प्रश्न गर्छन्, ‘नेपालबाट आउने कामदारले किन पैसा तिरिरहेका छन् ?’ उनीहरु श्रम कानुन पल्टाउदै देखाउँछन्, ‘भिसा र टिकट खरिद गरेर आएको प्रमाण भेटेमा संलग्न ब्यक्तिलाई कारबाही गर्ने कडा कानुनी ब्यबस्था हामीसँग छ ।’ त्यसैमा जरिवाना र जेल सजाय पाउने बर्ष पनि जोडिहाल्छन् ।

नेपालले आफ्ना नागरिक (कामदार)लाई दलालबाट ठगिन जोगाउन नसकेकोप्रति उनीहरुको ठुलै गुनासो हुन्छ । कतारीहरु यही विषयलाई यति कडा ढंगमा उठाउँछन् कि प्राय: नेपाली प्रतिनिधिमण्डल कतारी निकाय सामु आफ्नो एजेण्डा दरिलोसँग उठाउनै सक्दैनन् । बरु नेपाल फर्किने बेला नेपाली पक्ष भन्ने गर्छन्, ‘समस्या नेपालमै छ । नेपालीबाटै नेपाली ठगिरहेका छन् । नेपालबाटै कामदार समस्या बोकेर कतार जान्छन् । कामदार पठाउनु अघि नै यसलाई समाधान गर्नुपर्छ ।’ वैदेशिक रोजगारमा कामदार पठाउने झन्डै ६ सयको हारहारीमा नेपालमा म्यानपावर क्रियाशील छन् । नेपाली दूतावासलाई यिनै म्यानपावरको गैर ब्यबसायीक कामका कारण कामदारले भोग्नु परेका समस्या सुन्नैमा फुर्सद हँुदैन । त्यसपछि दूतावासको काम हुन्छ, ‘कुन म्यानपावरबाट आएको हो, पत्ता लगाउने र त्यसैलाई फोन गरेर समस्या सुनाउने ।’

प्रकाशित: २६ चैत्र २०७२ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App