२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङका आँखा रोगी जाँच्दै रुइत

वरिष्ठ नेत्र रोग बिशेषज्ञ डाक्टर सन्दुक रुइतलाई गृह जिल्ला ताप्लेजुङमा भव्य स्वागत गरिएको छ । आइतबारदेखि फुङलिङमा सुरु हुने शल्यक्रिया सहितको निःशुल्क स्वास्थ्य शिविरको नेतृत्व गरेका आएका तिलगंगा आँखा अस्पतालका निर्देशक डाक्टर रुइत सहितको टोलीलाई आयोजक नेपाल नेत्रज्योति संघ ताप्लेजुङले स्वागत गरेको हो ।  

डाक्टर रुइतको नेतृत्वमा शनिबार छोरा डाक्टर सागर रुइतसहितको नेत्र रोग विशेषज्ञको टोली फुङलिङ आई पुगेको छ । टोलीमा रुइतकी श्रीमती नन्दा श्रेष्ठ रुइतसमेत सहभागी छन् ।  

नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरीका अनुसार डाक्टर रुइत नेतृत्वको चिकित्सक तथा प्राविधिकको टोलीले आइतबारदेखि फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको प्रांगणमा शल्यक्रियासहितको आँखा उपचार सेवा दिने छ ।  

डाक्टर रुइत र उनको टिमलाई नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङको नेतृत्व टोलीले स्वागत गरेको थियो । आइतबारबाट सुरु हुने शल्यक्रियासहितको निःशुल्क स्वास्थ्य शिविरको क्रममा तिलगंगा आँखा अस्पतालको टोलीले शनिबारदेखि नै बिरामीको परीक्षण गर्न थालेको छ ।  

शल्यक्रियाका लागि छानिएका बिरामीको आइतबार बिहानैदेखि शल्यक्रिया थालिने डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज गुरुङले जानकारी दिए ।  

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिएका डाक्टर रुइतले दुईबर्ष पनि नेपाल नेत्रज्योति संघ ताप्लेजुङ आयोजक भएर सम्पन्न गरिएको आँखा स्वास्थ्य शिविरमा बिरामीको उपचार गरेका थिए ।  

 

प्रकाशित: २९ कार्तिक २०८२ १६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App