२१ मंसिर २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

लोमसको रेक्सामोल गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन

औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले रेक्सामोल ट्याब्लेट सेटोफोन ब्याच नम्बर सीटी २७२३ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। उक्त ट्याब्लेटको गुणस्तर पाइएको पुष्टि भएको सूचना जारी गर्दै विभागले यस्तो निर्देशन दिएको हो।  

राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ। विभागको अनुसार औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गरी उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन जारी गरेको छ। उक्त व्याचको औषधि विक्रेताहरूले समेत बिक्री वितरण नगर्न र प्रयोग नगर्न विभागले सूचना मार्फत अपिल गरेको छ।

विभागले यसअघि पनि विभिन्न कम्पनी र ब्याचका औषधि न्यून गुणस्तरको प्रमाणित भएपछि फिर्ता लिन निर्देशन दिँदै आएको छ।

प्रकाशित: १२ मंसिर २०८२ १३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App