२१ मंसिर २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

विराटनगरको रानी अस्पतालमा ‘बर्थिङ सेन्टर’ सञ्चालन, दक्षिणी क्षेत्रका बासिन्दालाई राहत

विराटनगर महानगरपालिकाले विराटनगर –१५ स्थित रानी अस्पतालमा प्रसूति सेवा केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याएको छ।

नवनिर्मित बर्थिङ सेन्टरको मंगलबार एक कार्यक्रमका बीच विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्घाटन गरेका छन्।

१५ शय्याको क्षमता रहेको रानी अस्पतालमा बर्थिङ सेन्टर सुरु भएसँगै विशेषगरी विराटनगरको दक्षिणी क्षेत्रका सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कोइरालाले निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धता अनुरूप बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताए।

उनले नगरवासीले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मान्यताका साथ महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे।

सोही अवसरमा प्रमुख कोइरालाले रानी अस्पतालमा चाँडै अत्याधुनिक प्रयोगशाला (ल्याब) सेवा समेत सुरु गर्ने तयारी भइरहेको जानकारी दिए। उक्त ल्याबबाट प्रदेश जनस्वास्थ्य प्रयोगशालाभन्दा महँगो नहुने गरी सहुलियत दरमा सेवा प्रवाह गरिने उनले स्पष्ट पारे।

कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, रानी अस्पतालका प्रमुख मानिकचन्द भगत लगायतले मन्तव्य राखेका थिए।

प्रकाशित: ९ मंसिर २०८२ १९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App