८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

डेंगु नियन्त्रणका लागि विराटनगरमा अभियान

विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तिब्र बनाएको छ। डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले आइतबारदेखि स्प्रे गर्ने अभियानलाई तीव्रता दिएको हो।

महानगरले विराटनगरको वडा नम्बर ४ बाट स्प्रे गर्न सुरु गरेको थियो । मेयर नागेश कोइरालाको निर्देशनमा स्प्रे गर्ने अभियानलाई तीव्रता दिइएको स्वास्थ्य महाशाखा प्रमुख हैदर  अलिले जानकारी दिए। अलिका अनुसार हरेक दिन २ वटा मेसिनबाट स्प्रे भइरहेको छ। महानगरका १९ वटै वडामा स्प्रे गरिनेछ।  

यसअघि महानगरले स्वास्थ्यकर्मीलाई प्रशिक्षण, सरोकारवालाहरुसित छलफल, हरेक वडामा महिला स्वयम्सेविकाका र जनप्रतिनिधिहरुलाई अभिमुखीकरण सञ्चालन गरेको थियो।  हरेक हप्ता सबै वडामा डेंगुको संक्रमण सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन भइरहेको अलिले जानकारी दिए। अलिका अनुसार टायरमा जमेको पानी , स्थिर रुपमा भाँडा,बोटल, प्लाष्टिक लगायतमा जमेको पानी, कुलर र एसीको पछाडिको पानी लगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टेले फूल पार्छ। जसको टोकाइबाट डेंगुको संक्रमण हुन्छ।  

हालसम्म महानगरमा १ सय ४८ जना डेंगुका बिरामी फेला परेका छन्। अझै पनि डेंगु नियन्त्रणमा आइनसकेका कारण डेंगु सार्ने लामखुट्टेका लार्भा खोज र नष्टगर अभियानलाई तिब्र पारिएको अलिले बताए।  

प्रकाशित: २८ कार्तिक २०७९ १२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App