७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

विश्व मधुमेह दिवसः युवाहरुमा मधुमेहको समस्या बढ्दै

आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ। विश्व मधुमेह दिवसको अवसरमा ललितपुरमा सचेतनामुलक याली गरी विश्व मधुमेह दिवस मनाइएको हो।  

अल्का अस्पताल प्रा.लि.ले विश्व मधुमेह दिवसको अवसरमा ललितपुरको जावलाखेल, सातदोबाटो, कुमारीपाटी, लगनखेल परिक्रमा गरी ¥याली गरेको थियो। साथै अस्पतालले आजको दिन अस्पतालमा मधुमेह रोगको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ। अस्पतालले आज एक दिनमा २ सय जना बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र १० दिनसम्म पुग्ने मधुमेहको औषधिसमेत दिने बताएको छ। शिविरमा बोल्दै अल्का अस्पताल प्रा.लि.का प्रशासन प्रमुख भगवान केसीले मधुमेहसम्बन्धी दीर्घ रोगीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरेको बताए। उनले अस्पतालले मधुमेहसम्बन्धी बिरामीहरुको लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको र शिविरमा उल्लेख्य बिरामीहरुको चाप रहेको बताए। शिविर आज बिहान ९ बजेबाट शुरु भइ दिउँसो ३ बजेसम्म चल्ने बताए।

उनले भने, ‘आज हामीले बिहान मधुमेर रोग सम्बन्धी सचेतनामुलक ¥याली कार्यक्रम ग¥यौं। अहिले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिरहेका छौँ। आजको शिविरमा दुई सय भन्दा बढी बिरामीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका हौँ।   आज यो सेवामा उपचार गर्न आउने बिरामीले १० दिनको लागि निःशुल्क औषधि पाउनुहुनेछ भने आज बिहान साढे नौ बजेबाट शुरु भइ ३ बजेसम्मका लागि हो। लामो समयदेखि मधुमेह रोगसँग लडिरहेका मानिसलाई लक्षित गरेर नै शिविर सञ्चालन गरेका हौँ। उत्साहजनक रुपमा बिरामीको सहभागिता भइरहेको छ।’

त्यस्तै इण्डोक्राइनोलोजिस्ट डा.प्रियादर्शनी योन्जनले मधुमेह रोग लागेका ३५ प्रतिशत बिरामीहरुमा आँखाको समस्या हुने गरेको भन्दै शतर्कता अपनाउन आग्रह गरे। उनले पछिल्लो समय तिब्र रुपमा मधुमेहका बिरामीहरुको संख्या बढीरहेकाले त्यसतर्फ सबै जनाले शतर्कता अपनाउन जरुरी रहेको बताए। उनले  अहिले विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरुलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने बताए।

उनले नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको बताए। अहिले ३० वर्ष भन्दा माथिका मानिसहरुमा यो समस्या धेरै देखिन थालेको उनको भनाइ छ। खानपानमा ध्यान नदिने,जङफुडहरु बढी खाने र शारीरिक कसरतको कमीका कारण युवाहरुमा पनि मधुमेहको समस्या बढ्दै गएको बताए। मधुमेह नियन्त्रणमा गर्न नसके आँखाको समस्या चाँडै देखिने भन्दै उनले ३० वर्ष भन्दा माथिका हरेक मानिसहरुले हरेक वर्ष सुगर परीक्षण गर्नुपर्ने बताए। उनले मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाव लाग्ने,तौल कम हुने लगायतका समसया हुनेपनि बताए।

उनले भने, ‘विश्वमा नै पछिल्लो समय तिब्र रुपमा मधुमेहका बिरामीहरुको संख्या बढ्दै गएको छ। हरेक दिन मधुमेहका बिरामीहरु ओपीडीमा जाँच गर्न आउनुहुन्छ। अहिले विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरुलाई मधुमेह भइसकेको छ। अबको १० देखि १५ वर्षमा अझ बढ्दै जाने देखिएको छ। नेपालमा मधुमेह लाग्नेहरुको तथ्याङ्क हेर्दा ८ प्रतिशत मानिसहरुलाई मधुमेह रोग लागिसकेको छ। 

नेपालमा पनि मधुमेहका बिरामी हेरक दिन बढी नै रहेका छन्। विगतमा युवा उमेर कटेपछि मात्रै लाग्छ भन्ने सोच रहेको थियो। तर अहिले बालबालिका तथा युवाहरुमासमेत मधुमेह देखिन थालेको छ। धेरैजसो ५० वर्ष भन्दा बढी उमेर भएपनि अहिले ३० वर्ष उमेर भएका मानिसहरु पनि मधुमेह बिरामी भएर जाँच गर्न आउनुभएको छ। नेपालीहरुको जीवनशैली परिवर्तन भएको छ। फिजिकल गतिविधि नहुने,हिँड्न कम गर्ने,एउटै समय लामो समय बस्ने,खानपानमा ध्यान नदिने,जङफुडहरु खाएर घरको खाना कम खाने,तौल बढ्दै जाँदा युवाहरुमा पनि मधुमेह देख्न शुरु भएको छ। मधुमेहको कारण आँखामा देखिने समस्या १० देखि १५ वर्ष नाघेपछि देखिन्छ। अहिले विश्वभरमा मधुमेह रोग लाग्ने ३५ प्रतिशत मानिसहरुमा आँखाको समस्या देखिएको छ। मधुमेह नियन्त्रणमा छैन भने आँखाको समस्या छिट्टै आउँछ। सुगर नियन्त्रणमा छैन,लामो समयदेखि तीन महिनाको सुगर बढीरहेको छ भने आँखा नै ड्यामेज हुने डर हुन्छ। प्रेसर र कोलस्टोर नियन्त्रणमा छैन भनेपनिआँखालाई छिटै असर गर्छ। 

मधुमेह उपचारको लागि आफूलाई मधुमेह छ वा छैन थाहा हुनुपर्छ। अस्पतालमा स्वास्थ्य परीक्षणको लागि कुनै समस्या नभई जाँदैनौं। मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाव लाग्ने,तौल कम हुने हुन्छ तर सबैमा देखिँदैन। ५० प्रतिशत मानिसहरुमा हुँदैन त्यस्तो लक्षणहरु। ३० वर्ष उमेर कट्नेहरुले हरेक वर्ष सुगर जाँच गर्नुपर्छ। सुगर हुने बढी जोखिम हुन्छ। जसको तौल बढी हुने वा घरमा बुबा, आमालाई मधुमेह,कोलस्टोर,सुगरको समस्या छ भने ३० वर्ष नपुग्दै पनि सुगर ६÷६ महिनामा जाँच गर्नुपर्छ। सुगर जाँच गर्दा आँखा चेक गर्नुभन्दा केही भएको छैन भन्नुहुन्छ। तर आँखाको पर्दामा असर गर्ने भएकाले शुरुमा कुनै लक्षण हुँदैन। मधुमेह भएका बिरामीहरुले हरेक एक महिनामा आँखा अस्पताल वा डाक्टरलाई आँखाको पर्दा चेक गराउनुपर्छ। औषधिहरु समयमा नै खानुपर्छ ।’

प्रकाशित: २८ कार्तिक २०७९ ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App