८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सरूवा रोग अस्पताल अलपत्र

दुई वर्षअघि शिलान्यास भएको मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित प्रादेशिक सुरुवा अस्पताल यतिबेला अलपत्र अवस्थामा पुगेको छ।

 कुल रु २५ करोड लागतमा निर्माण हुने भनिएको अस्पतालका लागि आर्थिक वर्ष २०७६र७७ मा रु आठ करोड विनियोजन भएको थियो। तर हालसम्म काम भने सुरु हुन सकेको छैन।  तत्कालीन सङ्घीय सरकारले सातै प्रदेशमा एकरएक वटा सरुवा रोग अस्पताल बनाउने योजना अनुसार तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अस्पतालको शिलान्यास गरेका थिए।  

तर अस्पतालको शिलान्यास गरिएको ठाउँ भवन निर्माण बन्न सकेको छैन। शिलान्यास गरिएको स्थानमा यतिबेला तोरी उम्रिन थालेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी कृष्णप्रसाद न्यौपानेले बताए।  

अस्पताल शिलान्यासपछि आसपास क्षेत्रमा जग्गा बिक्री बढेको थियो। अस्पताल बन्ने सम्भावना देखेर यहाँ धेरैले घडेरी किनेका थिए।  सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि कर्जुना पैनी किनारमा लामो समयदेखि सुकुम्बासी समेत खुसी भएका थिए। उनीहरूलाई तत्कालीन समयमा मन्त्री ढकाल, बिपी प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा ज्ञानेन्द्र गिरीले घरबासको व्यवस्था मिलाउने आश्वासन दिएका थिए। रासस

प्रकाशित: २८ कार्तिक २०७९ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App