८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘आँखाको पट्टी खोल्दा फेरि संसार देख्न थाले’

मोतिबिन्दुका बिरामिको अप्रेसन पछि आरामगदै बिरामी। तस्विर: ललित विष्ट/ कालिकोट

आइतबार बिहान अरूको समय सामान्य रूपमा बित्दै थियो। त्यो समय ६७ वर्षका अमनाथ सिम्खाडाको लागि भने जीवनकै सबैभन्दा खुसीको क्षण बन्यो। उनी यतिविधि किन खुसी भए त? कारण थियो,बन्द भएका उनका दुवै आँखा आइतबार देख्ने भएका थिए। उनले फेरि संसार देख्न थालेका छन्।

कालिकोटको रास्कोट नगरपालिकाकमा बन्द भएका मोतियाबिन्दु हटाउन शुक्रबार अप्रेसन गरे। तेजको हिल एन्ड रुइट फाउन्डेसन आँखा अस्पतल सुर्खेतको आर्थिक सहयोगमा गरिएको उनको अप्रेसन सफल भयो। डाक्टरले बिस्तारै आँखाको पट्टी खोलेपछि उनले संसार देख्न थाले। उनी दुईवर्षदेखि आँखा नदेख्ने भएका थिए।

मोतियाबिन्दुका कारण विगत दुईवर्षदेखि दुवै आँखा नदेख्दा उनलाई संसार मात्रै होइन,जिन्दगी नै अन्धकार भएको थियो। ‘दुर्गम गाउँघरमा हिँडडुल गर्न,परिवारलाई घरको काममा सघाउन र आफूलाई दिसापिसाब गर्नसमेत निकै समस्या भोग्नुपरेको थियो। अहिले दुवै आँखा देख्ने भएपछि अत्यन्तै खुसी लागेको उनी बताउँछन्।’ जब आइतबार बिहान आँखाको पट्टी खुल्यो,उनको खुसीको सिमानै रहेन। औषधि र चस्मा लगाएर मात्र आँखा निको नहुने डाक्टरले बताएपछि दुवै आँखाको अप्रेसन गरिएको उनले बताए।

त्यस्तै,रास्कोट नगरपालिकाकी ६० वर्षीय सुन्दरा शाहीको अनुहारमा पनि आइतबार खुसी छाएको थियो। उनी विगत तिन महिनादेखि एक आँखा नदेख्ने भएपछि अन्धकारमा बस्न बाध्य थिइन्। आँखा नदेख्दा कतै हिँडडुल गर्न कठिन भइरहेको थियो। तर, अब दुवै आँखा देख्ने भएपछि धेरै सहज भएको उनको भनाइ छ। उमेरले बुढौली लागे पनि शरीरले थेगेसम्मको कामगर्दै आइरहेकी छिन् उनी।

उनीहरूजस्तै १ सय ५२ जना मोतियाबिन्दुका बिरामीको अप्रेसन गरिसकेको छ। कात्तिक २६ र २७ गते भएको शिविरमा १ सय ५२  जनाले आँखाको अप्रेसन गरेका हस्पिटल म्यानेजर काैसल न्यौपानेले बताए। उनीहरूमध्ये दुईजनाको दुवै आँखाको अप्रेसन गरिएको। शिविरमा ४५ देखि ८७ वर्ष उमेर समूहका महिला, पुरुषहरुको  मोतियाबिन्दु अप्रेसन गरिएको उनको भनाइ छ।  

सो शिविरमा मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने अति गरिब विपन्न,दलित तथा पछाडि परेका परिवारले लाभ लिएका छन्। आँखा अस्पताल सुर्खेतका निदेशक मनिष खतिवडा,डा.मन्जु पन्तसहितको दुईजनाको टोलीले आँखाका बिरामीहरूको शल्यक्रिया गरेका थिए।

शिविरले रास्कोट नगरपालिका,सान्नित्रिवेणी,पचालझरना र पलाँता गाउँपालिकाका विभिन्न स्थानमा शिबिरको भाग लगेका छन्। मोतियाबिन्दुको समस्या देखिएका बिरामीको रास्कोट नगरपालिकाको गौँतु अस्पतालमा निःशुल्क शल्यक्रियाको सुरु गरेको थियो।  

प्रकाशित: २८ कार्तिक २०७९ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App