८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सिन्धुपाल्चोकमा एचआइभी सङ्क्रमित एक सय २१

सिन्धुपाल्चोकमा एचआइभी सङ्क्रमितको सङ्ख्या एक सय २१ पुगेको छ। लामो समयदेखि जिल्लामा एचआइभी/एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार सङ्क्रमितहरूमध्ये ५३ महिला र ६८ पुरूष छन्।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सवैभन्दा बढी एचआइभी सङ्क्रमित भेटिएको छ। तीस जना सङ्क्रमितहरूमध्ये ११ महिला र १९ पुरुष रहेका छन्। गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ मा एचआइभी/एड्स देखिएको थियो।

समूहका अध्यक्ष तामाङका अनुसार यो सङ्ख्या अझै बढी हुनसक्छ। उनले भने, 'यो तथ्याङ्क त हामीसँग सम्पर्कमा आएकाहरूको मात्रै हो, हामीजस्ता सङ्घसंस्थाहरूको सम्पर्कमा आउन नचाहनेको सङ्ख्या अझै बढी रहेको अनुमान गरेका छौँ। मिर्मिरेको तथ्याङ्कमा जिल्लामा ६ बालबालिकामा एचआइभी भेटिएको छ।

प्रकाशित: २३ कार्तिक २०७९ ०९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App