coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

हलेसीमा आँखा शिविर, ५ दर्जनको मोतियाबिन्दु उपचार

आँखा शिविरमा सल्यक्रिया गरेका जेष्ठ नागरिकहरु। तस्विरः महेश्वर

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ३ दिने ‘निशूल्क आँखा जाँच शिविर’ सम्पन्न भएको छ। नगरपालिकाको ७ नं. वडास्थित हलेसीमा आयोजित शिविरमा ७ सय ६५ जनाको आँखा जाँच गरिएकोमध्ये फेला परेका एक बालकसहित ६२ जनाको मोतिया बिन्दुको शल्यक्रिया (अप्रेसन) गरिएको छ।  

शनिबारदेखि सोमबारसम्म सञ्चालित शिविरमा हलेसी तुवाचुङसँगै जिल्लाका बिभिन्न स्थानीयतह तथा छिमेकी जिल्लाहरु ओखलढुंगा, उदयपुर र सोलुसम्मबाट आँखा जाँच गर्न बिरामी आएको आयोजकले जनाएको छ। हलेसी तुवाचुङ नगरले नेपाल नेत्र ज्योति संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र सहयोग समितिको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको नगरप्रमुख बिमला राईले बताईन्।  

मेयर राई र उपमेयर रमेश राउतले संयुक्त उद्घाटन गरेको शिविरमा पहिलो चरणको कोभिड महामारीअघि नगरले गरेको ‘घरदैलो अभियान’, गत असोजमा सम्पन्न विश्व दृष्टि दिवसको अवसरमा हलेसी तुवाचुङ ३ च्यास्मीटारको ‘आँखा उपचार शिविर’, केही समयअघि हलेसीमा आयोजित ‘ज्येष्ठ नागरिक आँखा जाँच तथा चश्मा वितरण शिबिर’ र अहिलेको शिविरमा फेला परेका मोतिया बिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो।

सगरमाथा चौधरी आँखा अस्पताल लाहानबाट आएको १४ जना प्राविधिक टोली परिचालित शिविरमा आँखामा पलाएको मासु अप्रेसन गरी हटाइएको छ। उनीहरुलाई आवश्यक औषधि निःशूल्क वितरण गर्नुका साथै सुपथ मूल्यमा चस्मा बिक्री बितरणसमेत गरिएको मेयर राईले बताईन्। उनका अनुसार आँखाका बिरामी नगरबासीको स्वास्थ्य उपचारका लागि बिभिन्न अवसरमा आँखा जाँच तथा शिविर कार्यक्रम राखेको र त्यसमा पत्ता लागेका मोतिया बिन्दुलगायत बिभिन्न आँखा रोगीको निःशूल्क अप्रेसन र सुपथ मूल्यमा चस्मा बितरण गरिएको हो।  

मोतिया बिन्दु भएका, आँखामा मासु पलाएका, मासुको डल्लो भएका, परेला आँखाभित्र पसेकोलगायत समस्याका सर्वसाधारणलाई लक्षित गर्दै आयोजित शिविरले धेरैलाई फाईदा पु¥याएको नगरप्रमुख राई बताउँछिन्। आँखा गुमाएका खासगरी बृद्धबृद्धाले शिविरमा अप्रेसनपछि निशूल्क औषधि पाउनुका साथै ज्योति फर्केपछि खुसी भएको देख्दा आफुलाई आनन्द महसुस भएको पनि मेयर राईले बताईन्।  

आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले निःशूल्क आँखा जाँच शिविरले गुमेको ज्योति फर्काउन सक्ने भएकाले बेलाबेला यस्ता शिविरहरु सञ्चालन गर्ने गरेको बताए। शिविरमा प्राय गरी लठ्ठी टेकेर आउने जेष्ठ नागरिक बृद्धबृद्धाहरुको संख्या अधिक रहेको थियो। अन्धो अवस्थामा आएका उनीहरु आँखा देख्ने भएर फर्कदा आयोजक र जनप्रतिनिधिलाई आशिर्वाद दिएर फर्केको श्रेष्ठले बताए।

प्रकाशित: २२ कार्तिक २०७९ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App