४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

जब डाक्टरहरु बिरामीसँग छमछमी नाचे...

क्यान्सर विजेताहरुसँंग नाच्दै क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठलगायतका डाक्टर तथा क्यान्सर विजेताहरु।

सधैँभरि बिरामीहरुको हेरचाहमा रहने डाक्टरहरु सोमबार एउटा कार्यक्रममा आफ्ना पूर्व बिरामीहरुसँंग छमछमी नाचेका छन्। क्यान्सर रोगका चिकित्सक डाक्टरहरु क्यान्सर रोग निको भएका आफ्ना क्यान्सर विजेताहरुसँंग छमछमी नाचेका हुन्। क्यान्सर रोगलाई जित्न सफल भएको भन्दै त्यसको खुसीयालीमा भएको भेटघाट कार्यक्रममा उपचारमा संलग्न डाक्टरहरु पूर्व विरामीहरुको खुसीमा सहभागी भई हौसला बढाउन नाचेका हुन् ।

नेपाल क्यान्सर सहयोग समूहले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुर, उपचारको लागि सहयोगी हातहरु नेपाल काठमाडौंको समन्वयमा गरेको कार्यक्रममा क्यान्सर विजेताहरुले विभिन्न खेलका साथ नाचगानको कार्यक्रम राखेका थिए। त्यही कार्यक्रममा क्यान्सर विजेताहरुको हौसला वढाउन डाक्टरहरु नाचगानमा सहभागी भए।  

क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठले क्यान्सरको सबैभन्दा ठूलो औषधि मनोबल भएको भन्दै मनोबल उच्च राख्न सके क्यान्सर रोगलाई परास्त गर्न सकिने बताए। उनले क्यान्सर रोग निको हुने रोग भएको भन्दै हौसलालाई निरन्तर बढाइराख्न सुझाए।  

'सुदीप्त क्यान्सर सर्भाइभर मिट ३६ इडिसन सेलिव्रेटिंग फिप्ट योर्स अफ सर्भावरशिप विट डली गुरुग' अर्थात डली गुरुगले क्यान्सर विजय प्राप्त गरेको पाँंचौ वर्षको अवसरमा गरेको ३६औं क्यान्सर विजेताहरुको भेटघाटमा म्युजिकल चेयरलगायतका विभिन्न कार्यक्रमहरु राखिएको थियो। साथै सांगितिक कार्यक्रम पनि राखिएको थियो। त्यही कार्यक्रममा चिकित्सक, क्यान्सर विजेताहरु अन्य सहभागीहरु नाचगान गरी रमाएका थिए।  

कार्यक्रममा क्यान्सर विजयी भएको पाँंच वर्ष पूरा गरेका क्यान्सर विजेता डेली गुरुगले हाल क्यान्सर रोगको उपचार गरिरहेका तीन जना बिरामीहरुलाई आर्थिक सहयोग डोनेशन वितरण गरेकी थिइन्। साथै क्यान्सर विजेताहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो। कार्यक्रममा एक दर्जन चिकित्सक, तीन दर्जन क्यान्सर विजेता तथा त्यससँंग सम्वन्धित व्यक्तिहरु सहभागी रहेका थिए।

प्रकाशित: १० आश्विन २०७९ १४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App