८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पूर्वमा नर्सिङ् कलेज सञ्चालकको मनोमानी

खासगरी पछिल्लो समय नेपालमा नर्सिङ कलेज खोल्ने होड नै चलिरहेको छ। नर्सिङ् कलेज सञ्चालन गर्नका लागि आफ्नै अस्पताल हुनु पर्ने भएपनि धेरैको अस्पताल छैन।  

चिकित्सा शिक्षा आयोगले भदौ १३ गते सार्वजनिक गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदतर्फ स्तरोन्नति भएका शिक्षण संस्थाहरुको सिट निर्धारण सम्बन्धी सूचनामै विराटनगरको लाइफ गार्ड हस्पिटल प्रालि दुईवटा नर्सिङ् कलेजले तालिम सञ्चालन गर्न प्रयोग गरेको उल्लेख गरिएको छ। सूचनामा वंगलामुखी मल्टिपल टेक्निकल इन्टिच्यूट इटहरी सुनसरी र सगरमाथा टेक्निकल इन्टिच्यूट मोरङले लाइफ गार्ड हस्पिटललाई प्रयोग गर्ने गरेको उल्लेख छ। नियम अनुसार एउटै अस्पताल दुईवटा कलेजले प्रयोग गर्न पाइँदैन।  

नर्सिङ् कार्यक्रम सञ्चालन गर्नका लागि धेरै कलेजको अस्पताल छैन। धेरैले सरकारी अस्पताललाई देखाउने गरेका छन्। चिकित्सा शिक्षा ऐनले पनि सरकारी अस्पताल देखाएर कार्यक्रम सञ्चालन गर्न नपाउने उल्लेख गरेको छ। तर नियमविपरीत धेरैजसो नर्सिङ् कलेज सञ्चालकले मनोमानी गर्दा पनि नियमनकारी निकायले फिटिक्कै ध्यान नदिएको त्रिशक्ति टेक्निकल कलेज इटहरीका मृगेन्द्रकुमार यादवले बताए। उनका अनुसार प्रावधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले एउटै व्यक्तिलाईं धेरै स्थानमा कलेज खोल्न सम्वन्धन दिएपनि प्रक्रिया पुगेकालाई धेरैलाई रोक्ने काम समेत भएको छ। 

सिटिइभिटीअन्र्तगत सञ्चालन हुने सर्टिफिकेट लेबलको नर्सिङ् कार्यक्रम  सञ्चालन गर्दा अस्पताल हुर्नुैपर्छ। एकदमै कमले मात्र बनाएका छन्। अरु अस्पतालसँग सम्झौता गर्दा पनि २५ किलोमिटर दुरीमा हुनुपर्छ। तर, सम्झौता गरेका कतिपय कलेजको अस्पतालको दुरी २५ किलोमिटरभन्दा बढी पनि रहेको पाइएको छ। यसरी २५ किलोमिटर भन्दा दुरीमा सुनसरी इनरुवाकै मकालु टेक्निकल कलेजले धरानको विजयपुर हस्पिटलसँग अनुमति लिएर प्रयोग गरेको पाइएको छ। अस्पताल नभएकालाई  सिटिइभिटीले दर्ता खारेज गर्न समेत सक्नेछ। तर, त्यस्तो कडाई गर्न सकेको छैन। जसले गर्दा मनोमानी बढेको पूर्वकै नर्सिह कलेज सञ्चालकहरुको दावी छ।

प्रकाशित: ८ आश्विन २०७९ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App