coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

थप ८१ जनामा सङ्क्रमण

देशभर कोरोना भाइरसको सङ्क्रमण ८१ जनामा देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले तीन हजार चार सय ४७ परीक्षणमध्ये ८१ जना मात्रमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

आज एक सय ७५ कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन्। निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार चार सय ८३ पुगेको छन्। भक्तपुरमा एक जना, काठमाडौँमा १४ जना गरी उपत्यकामा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ। यस्तै होम आइसोलेसनमा एक हजार चार सय २९ जना, संस्थागत आइसोलेसनमा ५४ र सघन उपचार कक्ष (आइसियु)मा १६ जनाको उपचार भइरहेको छ। विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि नलगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: ५ आश्विन २०७९ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App