coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

डेंगु संक्रमितको संख्या १७ हजार नाघ्यो

नेपालमा डेंगु बिरामीको संख्या १७ हजार नाघेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ। हालसम्म डेंगुका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।  

देशका ७७ मध्ये ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन्। २०६१ सालमा पहिलो पटक नेपालमा डेंगुको बिरामी देखिएका थिए। त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगु देखिएको छ।  

मन्त्रालयका अनुसार सबैभन्दा बडी डेंगुका बिरामी बागमती प्रदेशमा देखिएका छन्। बागमतीमा हालसम्म १२ हजार ९४७ जनामा डेंगु देखिएको छ। यस्तै, प्रदेश १ मा ५६०, मधेश प्रदेशमा २६१, गण्डकीमा ४०९, लुम्बिनीमा २ हजार ६४३, कर्णालीमा २०७ र सुदूरपश्चिम प्रदेशमा ५६७ जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ आश्विन २०७९ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App