८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

थप २२७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

चार हजार ४०१ परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार एक हजार ५१८ पीसीआर परीक्षणमा १३७ जना र दुई हजार ८८३ एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै १६८ जना संक्रमणमुक्त भएका छन् र कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।

प्रकाशित: २३ भाद्र २०७९ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App