८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

हेटौँडा उपमहानगरका बिरामीलाई निःशुल्क रगत

निःशुल्क रगत उपलब्ध गराउने विषयमा सम्झौता गर्दै मेयर लामा।

हेटौँडा उपमहानगरपालिकाका बिरामीले अब निःशुल्क रगत पाउने भएका छन्। हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रका बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको हो।

यसअघि यहाँका बिरामीले आवश्यक रगतको रकम तिर्दै आएका थिए। मकवानपुर जिल्ला रेडक्रस सोसाइटीसँगको सहकार्यमा उपमहानगरले बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको हो। बिहीबार उपमहानगरपालिका र रेडक्रसको बीच यस विषयमा सम्झौता भएको छ।

मान्यता प्राप्त अस्पतालमा उपचार गराउने हेटौँडाका बिरामीका लागि चिकित्सको सिफारिसका आधारमा आवश्यक रगत रेडक्रसको ब्लड बैंक हेटौँडाले उपलब्ध गराउने छ। मानिस बिरामी हुँदा अत्यावश्यक पर्ने रगत समेत किन्नुपर्ने अवस्थाको अन्त्यका लागि रेडक्रससँग सम्झौता गरिएको हेटौँडा उपमहानगरका मेयर मीनाकुमारी लामाले जानकारी दिइन्।

यस सेवा उपलब्ध गराए वापत् रेडक्रसबाट हुने सम्पूर्ण खर्च उपमहानगरपालिकाले व्यहोर्नेछ। आठ सय ५० रुपैयाँ प्रतियुनिट रगत किन्नुपर्ने बाध्यता रहेको थियो। अब रगतको रकम प्रत्येक तीन महिनामा उपमहानगरले रेडक्रसलाई उपलब्ध गराउने छ। सम्झौतामा उपमहानगरको तर्फबाट मेयर लामाले र रेडक्रसको तर्फबाट मन्त्री खेमराज सापकोटाले हस्ताक्षर गरेका हुन्।

प्रकाशित: १९ श्रावण २०७९ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App