२३ श्रावण २०७९ सोमबार
स्वास्थ्य

प्रदेश १ मा थप ६२ जनामा संक्रमण पुष्टि

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६२ जना कोराना भाइरसका संक्रमित थपिएका छन्। संक्रमित हुनेमा २५ जना महिला र २७ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

१ सय ९५ जनाको पिसिआर परीक्षण गर्दा ५२ र ३ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा २४, सुनसरीमा १७, झापामा ४, धनकुटामा १, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा १७ जना, बुढीगंगा र ग्रामथानमा ३–३ जना तथा रंगेलीमा १ जना, सुनसरीको धरानमा ५ जना, इटहरी र इनरुवामा ४–४ जना, बर्जु, झोक्राहा, बराहक्षेत्र र दुहबीमा १–१ जना, झापाको दमकमा २ जना, विर्तामोड र भद्रपुर १–१ जना, धनकुटाको धनकुटामा १ जना, उदयपुरको गढीमा १ जना र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ।

प्रदेशमा बिहीबार २५ जना कोराना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित २ सय ४५ जना महिला र २ सय १३ जना पुरुष गरी ४ सय ५८ रहेको मन्त्रालयले जनाएको छ।  

 

प्रकाशित: १९ श्रावण २०७९ १७:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App