६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

थप ७६० जनामा संक्रमण पुष्टि, एकको मृत्‍यु

मुलुकभर पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

जसमध्‍ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको हो। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमबाट १ जनाको मृत्‍यु भएको छ भने ३२४ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: १९ श्रावण २०७९ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App