७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोनाका बिरामी बढ्दै गर्दा मकवानपुरमा २८ जनामा डेंगु संक्रमण

मकवानपुरमा डेंगुका बिरामी बढ्न थालेका छन्। कोरोना संक्रमणका  बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

साउनको १५ दिनमा २८ जना डेंगु रोगको संक्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए। हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ। मकवानपुरको १० स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिकामा बढी सो रोगका बिरामी रहेको जनाइएको छ।

अन्य स्थानीय तहमा छिटपुट रुपमा सो रोगको संक्रमण देखा परेको छ। सूचना अधिकारी घिमिरेले १५ दिनमा उक्त संख्यामा बिरामी फेला पर्नु ठूलो समस्या भएकाले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताए। संक्रमित हेटौँडा वडा नं ४ तथा ५ का रहेको र उनीहरुको उपचार भइरहेको उनले बताए।

कतिपय निजी अस्पतालमा उपचार गराइरहेको तथ्याङ्क आउन बाँकी रहेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको सोही अवधिमा जिल्लामा एक जनामा कालाजार भएको छ भने हेटौँडाका ९ जनामा स्क्रवटाइफस संक्रमण भएको बताइएको छ।  गत आवमा २९५  जना  डेङ्गुको संक्रमणबाट बिरामी भएका थिए। 

प्रकाशित: १८ श्रावण २०७९ ०९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App