२३ श्रावण २०७९ सोमबार
स्वास्थ्य

भारतबाट फर्किएका २४ जनामा कोरोना संक्रमण

भारतबाट फर्किएका २४ जनामा कोरोना संक्रमण देखा परेको छ। सुदूरपश्चिम प्रदेशमा आज ५० जनामा संक्रमण पुष्टि हुँदा २४ जना भारतबाट फर्किएका रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन र पिसिआर गरी ६८९ को परीक्षण गरिएको हो। मंगलबार गड्डाचौकी नाकाबाट फर्किएका १९, गौरीफन्टाबाट तीन र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा संक्रमण देखिएको हो। यस्तै कैलालीमा ११ र कञ्चनपुरमा थप  १५  जनामा संक्रमण पुष्टि भएको छ।

यस प्रदेशका भारतसँग सीमा जोडिएका नाकामै कोरोना परीक्षण कार्य जारी रहेको हो। सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैको एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

सुदूरपश्चिममा हालसम्म पाँच लाख ६० हजार ३०३ को कोरोना परीक्षण गरिएकोमा ६० हजार १७ मा संक्रमण देखिएको छ। संक्रमणका कारण हालसम्म ६३३ को ज्यान गइसकेको छ।

प्रकाशित: १७ श्रावण २०७९ १९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App