८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नेपाल मङ्कीपक्स भाइरसको जोखिममा, पूर्वतयारीमा के गर्दैछ सरकार?

सांकेतिक तस्बिर

विश्वभर फैलिरहेको मङ्कीपक्स भाइरसको जोखिम नेपालमा पनि देखिएको छ। छिमेकी देश भारतमा मङ्कीपक्स भाइरसको संक्रमित पुष्टि भएसँगै नेपालमा पनि यो भाइरसको जोखिम बढेको छ।  

भारतमा अहिलेसम्म ४ जनामा मङ्किपक्स भाइरस देखिएको छ। संक्रमितहरु सबै दुबइबाट भारत आएका हुन्। अफ्रिकामा पहिलोपटक देखिएको मङ्कीपक्स अहिले युरोपमा फैलिरहेको छ।  

विश्व स्वास्थ्य संगठनले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषला गरिसकेको छ। अहिलेसम्म मङ्कीपक्स भाइरसको खोप बनेको छैन।  

भारतमा मङ्कीपक्स भाइरस देखिएसँगै नेपाल सरकारले पूर्वतयारीका कामहरु केहि पनि सुरु नगरेको भन्दै सर्वत्र आलोचना हुने गरेको छ। केहि समय अघिमात्र सरकारले मङ्किपक्सको तयारी नगरेको भन्दै प्रतिनिधि सभाको बैठकमा समेत कुरा उठेको थियो।

सांसद योगेश भट्टराईले विकसित देशमा पनि मङ्कीपक्स फैलिरहेको तर नेपालले भने यसको पूर्वतयारीमा चासो नदिएको बताएका थिए। उनले सरकारले अझै पनि देशका सीमानाकाहरुमा स्वास्थ्य परीक्षण केन्द्र नराखेको, मङ्कीपक्सको बारेमा नागरिकलाई सुसुचित नगरेको, मङ्कीपक्सलाई विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गर्दापनि सीमानाहरुमा एउटा पनि साइनबोर्ड, परीक्षण केन्द्र नराखेको बताएका थिए।  

छिमेकी देशमा मङ्किपक्स देखिएसँगै नेपालमा पनि यसको जोखिम बढेर गएको स्वास्थ्य विज्ञहरुले बताएका छन्। त्यसैले सरकार गम्भिर भएर लाग्नुपर्ने उनीहरुको भनाइ छ।  

सरुवा रोग विशेषज्ञ शेर बहादुर पुन भारत र नेपालबीचको सिमाना खुला भएका कारण पनि मङ्किपक्स नेपालमा पनि देखिन सक्ने बताउँछन्। पुन भन्छन्, ‘नेपाल र भारतको खुला सिमाना छ। मान्छेहरुको आवतजावत धेरै हुन्छ। भरतमा देखिसकेको भाइरस नेपालमा पनि चाँडै देखिन सक्छ। सरकार सँगसँगै भाइरस नियन्त्रणका लागि स्वयम व्यक्ति पनि सचेत हुन आवश्यक छ।’

त्यस्तै डा.पुन समलिङ्गीहरूबीचको यौनसम्पर्कबाट पनी भाइरस सर्ने हुँदा संक्रमण फैलने अर्को जोखिम रहेको बताउँछन्। ‘पछिल्लो समय समलिङ्गीहरुबीचको यौनसम्पर्कबाट पनि मङ्कीपक्स भाइरस सर्ने भन्ने छ। नेपालमा पनि धेरै समलिङ्गीहरु रहेका छन्। उनीहरुलाई यसको बारेमा जानकारी नहुन पनि सक्छ। उनीहरुलाई जानकारी गराउन आवश्यक छ’, पुन भन्छन्।

त्यस्तै डा.पुन समलिङ्गीहरूबीचको यौनसम्पर्कबाट पनी भाइरस सर्ने हुँदा संक्रमण फैलने अर्को जोखिम रहेको बताउँछन्। ‘पछिल्लो समय समलिङ्गीहरुबीचको यौनसम्पर्कबाट पनि मङ्कीपक्स भाइरस सर्ने भन्ने छ। नेपालमा पनि धेरै समलिङ्गीहरु रहेका छन्। उनीहरुलाई यसको बारेमा जानकारी नहुन पनि सक्छ। उनीहरुलाई जानकारी गराउन आवश्यक छ’, पुन भन्छन्।

संक्रमणको केहि लक्षण देखिने बित्तिकै छाला रोग विशेषज्ञहरुकोमा जान उनको सुझाव छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नेपालमा अहिलेसम्म मङ्कीपक्स भाइरस नदेखिएको र पूर्वतयारीको कामहरु गरिरहेको बताएको छ।  

यस्तो छ सरकारको पूर्वतयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारी सिमानाको आगमनमा कडाइ गरेको बताउँछन्। सिमा नाकामा बस्ने स्वास्थ्यकर्मीहरुलाई मङ्कीपक्सको शंकास्पद व्यक्ति भेटिएमा अस्पतालसँग समन्वय गर्नका लागि सचेत गराएको पनि उनले बताए।  

त्यस्तै निगरानी गर्ने प्रर्णालीहरुलाई बलियो बनाएको र शंकास्पद लागेका व्यक्तिहरुको परीक्षण गरिरहेको उनको भनाइ छ।

सबै प्रदेशमा मङ्कीपक्स जाँचका लागि अस्पतालहरु तोकिएको र छालारोग विशेषज्ञलाई प्रमुखको रुपमा तोकिएको छ। उपत्यका बाहिर ६ वटा अस्पतालहरु रहेका छन् भने उपत्यका भित्र ३ वटा अस्पतालहरु रहेका छन्।

सबै प्रदेशमा मङ्कीपक्स जाँचका लागि अस्पतालहरु तोकिएको र छालारोग विशेषज्ञलाई प्रमुखको रुपमा तोकिएको छ। उपत्यका बाहिर ६ वटा अस्पतालहरु रहेका छन् भने उपत्यका भित्र ३ वटा अस्पतालहरु रहेका छन्।

अधिकारीका अनुसार अपत्यका बाहिर कोशी अञ्चल अस्पताल, नारायणी सामुदायिक अस्पताल, भरतपुर अस्पताल, लुम्बीनी प्रादेशिक अस्पताल, धनगढी अस्पताल र नेपालगन्ज अस्पताल रहेका छन् भने उपत्यकामा शुक्रराज ट्रपिकल अस्पताल,टिचिङ्ग अस्पताल र छाउनी अस्पताल रहेका छन्।  नेपालमा कोरोना भाइरसको पूर्वतयारी गर्दा पनि एक्कासी फैलिएको थियो मङ्कीपक्स पनि त्यस्तै हुने हो की भन्ने प्रश्नमा अधिकारी भन्छन्, ‘कोरोना संक्रमण जसरी एक्कासी फैलने भाइरस मङ्किपक्स होइन। मङ्कीपक्सलाई कोरोनासँग जोडेर हेर्नु हुँदैन्।’

मङ्कीपक्स के हो?

मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ। तर सङ्क्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन्। केही वैज्ञानिकहरूले यो भाइरसको नाम एचएमपीएक्सभी राख्न सुझाव दिएका छन्।

मङ्कीपक्स कसरी सर्छ?

डा.पुन पछिल्लो समय यौनसम्पर्कका माध्यमबाट मङ्कीपक्स भाइरस फैलिएको बताउँछन्। विशेषगरी समलिङ्गीहरुबीचको यौनसम्पर्कबाट भाइरस फैलिरहेको उनको भनाइ छ। तर वीर्यबाट सर्ने की नसर्ने भन्ने कुरा अहिले पनि बहसमा नै रहेको उनी बताउँछन्।  त्यसैले यौन अंगहरुमा त्यस्ता घाउहरु आएमा छाला रोग विशेषज्ञहरुसँग जचाँउन उनको सुझाव छ।    

त्यस्तै मङ्कीपक्स संक्रमित व्यक्तिको फोका फुटेको छालासँग सम्पर्कमा आउँदा पनि सर्न सक्छ। र्‍याल, थुकका छिटाजस्ता तरल पदार्थबाट पनि यो सर्न देखिएको छ।  

संक्रमित बाँदर, मुसा, लोखर्केजस्ता जनावरहरूसँग नजिक रहेका व्यक्तिमा मंकीपक्स सर्ने सम्भावना उच्च रहन्छ। 

प्रकाशित: १६ श्रावण २०७९ १४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App