७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

घरदैलोमा स्वास्थ्य सेवा

सेवा लिदैं रास्कोटका नागरिक तस्बिर: लित/कालिकोट

जेष्ठ नागरिन र गर्भवती महिलाका लागी रास्कोट नगरपालिकाले घरदैलोमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ।

नगरपालिकाले ‘हामी बनाउँछौं हाम्रो नगर’ कार्यक्रम अन्तरगर्त नगरपालिका भित्रका गर्भवती महिलाकालागि भिडियो एक्सरेर सेवा, जेष्ठ नागरिन र दमका बिरामीहरुको लागि सुगर,प्रेसर,जस्ता सेवाहरु नगरपालिकाले घरदैलामै पुगेर दिन सुरु गरेको हो।

स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको नगरप्रमुख धर्मराज शाहीले जानकारी दिए। उनले भने, ‘यो कार्यक्रम विषेश गरी फरक क्षमता भएका,ज्येष्ठ नागरिक,बालबालिका,गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरिँदै आएको छ।’

नागरिकले घर आगनमै स्थानीय सरकार आएको थप अनुभूति गर्न पाउन भनेर कार्यक्रम सञ्चालन गरिएको हो। अधिकांश जेष्ठ नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलो कार्यक्रम थालिएको स्वास्थ्य चौकी फुकोटका प्रमुख जनकराज न्यौपानेले जानकारी दिए।

नगरपालिकाका ७८ वर्षीय जानका न्यौपाने भनिन्,‘यो बुढेसकालमा लौरो टेकेर उपचारका लागि स्वास्थ्य चौकीमा पुग्नुपथ्र्यो,तर आजभोलि घरमै आएर उपचार दिनथाले पछि सरकार घरआगनमै आएको महशसुस भएको छ। ’उनी भन्छिन्, 'उपचार गर्न घरमा आएका स्वास्थ्यकर्मीले खुसी बाँडेको देखेर थप उत्साहित भएको छु।’ नगरपालिकाको यो अभियानबाट १९ जना गर्भवती महिलाको भिडियो एक्सरेर,१ सय ३ जना जेष्ठ नागरिनले सुगर, प्रेसर, जस्ता रोगको सेवाहरु पाएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले प्रत्यक महिनाको एक दिन विषेश गरी फरक क्षमता भएका,ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क घरदैलोबाट स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको छ। कार्यक्रममा रास्कोट अस्पतालका एमबिबिएस डाक्टर शेमान गुरुङ, स्टाफ नर्स, अनमि, अहेव लगाएतले सेवा प्रदान गरेका थिए।

प्रकाशित: १५ श्रावण २०७९ १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App