coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

वीरमा टाउकोबाट एक किलो ट्युमर निकालियो

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा महिलाको टाउकोमा रहेको एक किलो ट्युमरको शल्यक्रिया गरिएको छ। रामेछापकी ३७ वर्षीया प्रमिशा शेर्पाको टाउकोमा रहेको ट्युमर सोमत्रार अस्पतालको न्युरो सर्जरी विभागले शल्ल्यक्रिया गरी निकालेको हो।

न्युरो सर्जरी विभागका प्रमुख तथा न्युरोसर्जन डा. राजिव झाको टोलीले एक घण्टाको अवधिभर शल्यक्रिया गरी सो ट्युमर निकालेका हुन्। झासहित अन्य चिकित्सकहरू शुशील मोहन भट्टराई, प्रभात झा, कुमार पौडेल र नर्स वविता चित्रकारको टोली शल्यक्रियामा सहभागी थिए।  

शल्यक्रियापछि बिरामी शेर्पाको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको डा. झाले बताए। डा. झाका अनुसार टाउकोको बाहिरी भागमा जोडिएको ट्युमर उनले गरेको शल्यक्रियामध्येमा अहिलेसम्मकै ठूलो हो। ‘हालसम्म २ देखि ६ सन्टिमिटर आकारका ट्युमयक्रिया गरेको भए पनि यति ठूलो मेरो जीवनमै पहिलोपटक हो,’ उनले भने। ढिला गरी उपचारमा पुगेकाले महिलाको टाउकोमा असामान्य गरी ट्युमर असामान्य ठूलो बनेको डा. झाmले बताए। टाउकोको नशाहरूसँग ट्युमर जोडिएकोले यस्तो शल्यक्रिया गर्दा बढी रक्तश्राव हुने जोखिम बढी हुन्छ। ‘यो शल्यक्रियामा बढी रगत बग्न दिएनौ र रगत पनि दिनु परेन,’ उनले भने।  

डा. झाका अनुसार टाउकोको बाहिरी भागमा जोडिएको ट्युमर उनले गरेको शल्यक्रियामध्येमा अहिलेसम्मकै ठूलो हो। ‘हालसम्म २ देखि ६ सन्टिमिटर आकारका ट्युमयक्रिया गरेको भए पनि यति ठूलो मेरो जीवनमै पहिलोपटक हो ।’

जन्मेपछि कपालको रौंको ग्लान्ड बन्द भएमा, टाउकोकोमा छालमा बोसोजन्य पदार्थ मिसिएमा र टाउकोमा चोटपटक लागेमा ‘ड्रमाइड’ नामक यस प्रकारको ट्युमर पलाउँछ। यसको समयमै उपचार नभएमा टाउकोको हड्डीमा प्वाल पर्ने, ट्युमर फैलिएर शरिरभरि फैलिने सक्ने जोखिम बढी हुने भएकोले यस्ता ट्युमरको सुरुकै अवस्थामा शल्यक्रिया गर्नु उचित मानिन्छ। यही ग्लाण्ड बन्द भएमा टाउको भित्र पनि ट्युमर बन्न सक्ने डा. झाले बताए।  

प्रमिशाका पति मिगिर शेर्पाका अनुसार विवाह अघिदेखि नै उनको टाउकोमा सानो गिर्खा थियो। जुन बाहिरै देखिन्थ्यो। पछि बढ्दै गएपछि ८ वर्षअघि रामेछापबाट दोलखाको जिरी अस्पतालमा उपचारको लागि पुगे। त्यहाँको चिकित्सकले शल्यक्रिया गरे। तर ट्युमर फेरि पलाउँदै गयो। गाउँघरका कुरा सुनेपछि शेर्पा परिवारले ट्युमर आफै पाकेर फुट्ला भन्ने पर्खाइमा वर्षौं अस्पताल गएनन्। बर्सेर्नि असामान्य बन्दै गएर बाहिर टाउको देखाउन नमिल्ने, टाउको चिलाउने, रगतका नशाहरू तन्केर टाउको दुख्ने जस्ता समस्या भएपछि स्थानीय अस्पतालमा पुगे। स्थानीय अस्पतालले वीर अस्पताल रेफर गरेपछि गत जेठमा यो अस्पताल आइपुगेका थिए।  

कलेजोमा पनि समस्या देखिएपछि चिकित्सकले एक महिना कलेजाको औषधि खाएपछि मात्र शल्यक्रिया गर्ने सल्लाह दिए। सोहीअनुसार आएर सोमबार शेर्पाको शल्यक्रिया सम्पन्न भएको हो। टाउकोमा अर्को टाउको जस्तै असामान्य मासु पलाउँदै गएपछि शेर्पाले घर बाहिर जाँदा पछ्यौरा अहोढ्ने, घरमै बस्दा टोपी लगाएर टाउको छोप्ने गरेकी थिइन्। ‘टाउको संधै लुएकार हिंँड्थिन्, घरमा बस्दा पनि बाह्रै महिना टोपी लगाउँथिन्,’ पति मिगिरले भने।

प्रकाशित: १० श्रावण २०७९ ०४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App