coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

समुदायस्तरमै फैलियो हैजा, नियन्त्रण गर्न सरकारलाई सकस

पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामी संख्या बढिरहेको छ। इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म २१ जनामा हैजा संक्रमण देखिएको छ। 

उपत्यकामा पहिलोपटक असार १ गते बागबजार बस्ने दुई दिदीबहिनीलाई झाडापखाला पुष्टि भएको थियो। त्यसपछि निरन्तर हैजाका बिरामी बढिरहेका छन्।

इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.चुमनलाल दास हैजा संक्रमण समुदायस्तरमै फैलिएको बताउँछन्। उनी भन्छन, ‘अहिलेसम्म विभिन्न निकायसँग समन्वय गरेर काम गरिरहेका छौं। पानी शुद्धीकरण गर्ने, खाद्यपदार्थको अनुगमन, बिरामीको उपचार साथै नजिकका अन्य व्यक्तिहरूलाई जाँच, जनचेतनाका कुरा गरिरहेका छौं।’

सबै ठाउँको पानी प्रदूषित भएको कारण हैजा नियन्त्रणमा ल्याउन गाह्रो भएको उनको बुझाइ छ। दास भन्छन्,‘हैजा नियन्त्रणमा आएको छैन्,खानेपानी शुद्धीकरणको काम जारी राखेका छौं। त्योसँगै हामीले हैजाविरुद्व लगाउने खोपको पनि विश्व स्वास्थ्य संगठनसँग कुरा गरेका छौं। उहाँहरूले अनुसन्धान गर्दै हुनुहुन्छ।’

अर्का जनस्वास्थ्य विज्ञ डा. जनक कोइराला उपत्यकामा ठाउँठाउँमा हैजा देखिनुले संक्रमण समुदायस्तरमा नै फैलिसकेको बताउँछन्। उनी भन्छन्,‘काठमाडौंमा हैजाको सोत पानी पहिचान भएको छ। सरकारले वितरण भएको पानीको परीक्षण गर्नुपर्दछ। पानीको एउटै मात्र स्रोत भएको भए निगरानीमा सहज हुन्थ्यो तर यहाँ त्यसो नहुँदा विभिन्न ठाउँको पानी संकलन गरी जाँच गर्नुपर्दछ।’ पानी जाँच मात्र नभएर उत्पादन गर्ने निकायहरूलाई सचेतीकरण गर्नुपर्ने उनको भनाइ छ। 

‘उपत्यकामा हैजा नियन्त्रण गर्न सरकारलाई त्यति गाह्रो छैन। जार र बोतलका पानीमा पनि हैजाको जीवाणु भेटिएको भनिरहँदा सरकार कानुनी प्रक्रियामा पनि जाँनुपर्छ। उत्पादन गर्ने निकायहरू र पानी वितरण गर्ने निकायलाई सरकारले निरन्तर निगरानीमा राख्न आवश्यक छ।

 ‘उपत्यकामा हैजा नियन्त्रण गर्न सरकारलाई त्यति गाह्रो छैन। जार र बोतलका पानीमा पनि हैजाको जीवाणु भेटिएको भनिरहँदा सरकार कानुनी प्रक्रियामा पनि जाँनुपर्छ। उत्पादन गर्ने निकायहरू र पानी वितरण गर्ने निकायलाई सरकारले निरन्तर निगरानीमा राख्न आवश्यक छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार अहिले अस्पतालमा दैनिक औसतमा झाडापखालका १४ जना बिरामी आइरहेका छन्। उनी भन्छन्, ‘अस्पतालमा आउने सबैलाई भर्ना गर्नु पर्दैन। बिरामीहरूलाई आठदेखि दशवटा सल्लाइन दिएपछि निको भई घर फर्किनुहुन्छ। झाडापखाला भएको आठदेखि दस घण्टापछि उहाँहरू अस्पताल आउने गर्नुहुन्छ।'

हैजा कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणको कारणबाट हुन्छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सामान्यतया झाडापखालाजस्तो देखिने हैजाले गम्भीर अवस्था पनि ल्याउन सक्ने बताउँछन्।

हैजा विशेष गरी खानेपानी र खानाबाट लाग्ने उनको भनाइ छ। हैजाको लक्षण जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनसम्ममा देखिने गर्दछ।

डा. पुन भन्छन्, ‘वर्षाको समयमा धेरै पानी पर्दा खानेपानीमा विभिन्न फोहोर पुग्छ। त्यसले गर्दा खानेपानी प्रदूषित हुन्छ। त्यसैले खानेपानीको माध्यमबाट हैजा देखिन्छ। त्यसैले खानेपानीमा ध्यान पुर्‍याउनुपर्दछ।’

डा. पुन भन्छन्, ‘वर्षाको समयमा धेरै पानी पर्दा खानेपानीमा विभिन्न फोहोर पुग्छ। त्यसले गर्दा खानेपानी प्रदूषित हुन्छ। त्यसैले खानेपानीको माध्यमबाट हैजा देखिन्छ। त्यसैले खानेपानीमा ध्यान पुर्‍याउनुपर्दछ।’

काठमाडौंमा पानीको पाइप र ढलको पाइप सँगसँगै हुँदा हैजा संक्रमण देखिएको पुन बताउँछन्। ‘सँगै भएको ढल पानीमा मिसियो त्योबाट हैजा संक्रमण देखियो,' पुन भन्छन्।

पानी कसरी स्वच्छ बनाउन सकिन्छ?

क्लोरिनः एक लिटर पानीमा तीन थोपा पियूषको झोल राखेर ३० मिनेटपछि पानी पिउनयोग्य हुन्छ। क्लोरिन झोल बच्चाले भेट्ने ठाउँमा राख्नु हुँदैन। यस्तै, यो झोल शरीरमा परेमा पानीले राम्रोसँग पखाल्नुपर्छ।

सोडिसः पिउने पानी शुद्धीकरणका लागि निकै सजिलो उपाय हो सोडिस गर्ने प्रक्रिया। यस विधिलाई घरेलु उपाय पनि भनिन्छ। सफा प्लास्टिकको बोतलमा पानी भरेर बिर्को बन्द गरी घाममा दिनभर राख्नुपर्छ।

यसरी घाममा पानी राख्दा पराबैजनी किरण र तापले पानीको हानिकारक कीटाणु मार्ने गर्छ। यो विधिबाट शुद्धीकरण गर्दा पानी धमिलो भएमा सफा कपडा वा फिल्टरले छानेर मात्रै सोडिस गर्नुपर्छ।

फिल्टरः पानीलाई फिल्टर गरेर शुद्ध गराउन सकिन्छ। तर, बजारमा पाइने सबै फिल्टरले शत प्रतिशत पानी शुद्ध बनाउँछ भन्ने हुँदैन। क्यान्डल सहितको दुई भागको फिल्टरले पानी शुद्ध बनाउँछ। पानी फिल्टर गर्दैमा सबै खालका जीवाणु नष्ट नहुन पनि सक्छन्।

उमाल्ने: पानीलाई शुद्ध बनाउने सबैभन्दा सरल तरीका भनेको पानी उमाल्ने हो। पिउने पानी कीटाणुरहित बनाउन कम्तीमा २० देखि २५ मिनेट उमाल्नुपर्छ।

प्रकाशित: २२ असार २०७९ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App