२४ मंसिर २०७९ शनिबार
स्वास्थ्य

आगामी साउनदेखि ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा

राष्ट्रिय ट्रमा सेन्टरले २४ सै घण्टा बिरामीलाई विशेषज्ञसहिताको सुविधा उपलब्ध गराउने भएको छ। आगामी साउनदेखि बिरामीलाई २४ सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादवले जानकारी दिए।

'हामीसँग धेरै विशेषज्ञ चिकित्सक छन्', उनले भने, 'आफ्नै आन्तरिक स्रोतबाट ती विशेषज्ञ चिकित्सकबाट २४ सै घण्टा बिरामीलाई उपचार गर्दछौँ।' यस्तै उक्त सेन्टरले अब आफैँ बिरामी र कुरुवालाई  खानाको व्यवस्था गर्ने भएको छ।

यसअघि वीर अस्पतालबाट बिरामी र कुरुवाका लागि खानाको व्यवस्था गरिँदै आइएकामा अबदेखि सेन्टरबाट नै खानाको व्यवस्था गर्न थालिएको पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीले बताए। उनका अनुसार सेन्टरमा दैनिक १५० बिरामीलाई दुई छाक र तिनका  कुरुवालाई एक छाक खाना उपलब्ध गराइनेछ।

यस्तै सेन्टर अप्रेशन थिएटर र फार्मेसी पनि सञ्चालनको तयारीमा छ। शल्यक्रिया गर्न बिरामीलाई सजिलो होस् भनेर शल्यक्रिया कक्ष नजिक नै सेन्टरले अप्रेशन थिएटर र  फार्मेसी सञ्चालन गर्न थालेको पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा.जोशीले जानकारी दिए। 

प्रकाशित: २० असार २०७९ १५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App