coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

हर्निया र हाईड्रोसिलको अप्रेसन उदयपुरमै

शिविरमा बिरामीकोअप्रेसनमा खटेको चिकित्सक टोली। तस्विरः महेश्वर

सदरमुकामस्थित जिल्ला अस्पताल उदयपुरमा हाईड्रोलिस र हर्निया सफल सल्यक्रिया (अप्रेसन) सम्पन्न भएको छ। शुक्रबार र शनिबार आयोजित जिल्ला अस्पतालको ‘हाईड्रोसिल तथा हर्नियाको नि:शुल्क उपचार शिविर’मार्फत सफल अप्रेसन गरिएको हो।  

अस्पतालमै आयोजित २ दिने शिविरमा १ महिला र ११ पुरुष गरी १२ जनाको सफल अप्रेसन भएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मुकेश झाले बताए। उनका अनुसार शिविरमा ७ जना पुरुषको हाईड्रोसिलको ५ जना हर्नियापीडित पुरुषको सफल सल्यक्रिया भएको छ। १ जना पुरुषको ट्युमरको अप्रेसन भएको छ। स्वास्थ्य लाभ लिनेहरु १ जना रौतामाई ७ का हुन् भने बाँकी सबै त्रियुगा नगरपालिकाका हुन्।

जिल्लाबासी हर्निया तथा हाईड्रोसिल बिरामीको आफ्नै ठाउँमा सहज स्वास्थ्य उपचार गर्ने उदेश्यले त्रियुगा नगरपालिका र स्वास्थ्य कार्यालय उदयपुरसँगको समन्वयमा अस्पतालले शिविर आयोजना गरेको हो। डा. झाले शिविरमा उदयपुरमै स्थायी घर भई बिराटनगरस्थित एक निजी अस्प्तालमा कार्यरत विशेषज्ञ सर्जन डा. रविन्द्र तामाङ नेतृत्वको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको बताए। नि:शुल्क शिविरमा डा. तामाङलाई जिल्ला अस्पतालकै स्वास्थ्यकर्मीहरु एनेस्थेसियोलोजिष्ट डा. कौशल तामाङ, जेनेरल फिजिसिएन डा. अमरेन्द्र महतो, नर्सिङ प्रमुख छवित्रा राई, नर्सहरु निर्मला पाण्डे र रत्नकुमारी राईले अप्रेसन सफल पार्न सहयोग गरेका थिए।

शिविर संयोजक सुरेशकुमार पाण्डेले अस्पतालले शिविर र शिविरमा भएको उपचारले पछिल्लो समय जिल्ला अस्पतालमा क्षमतावान चिकित्सकहरु कार्यरत रहेको प्रमाणित गरेको छ। सामान्य स्वास्थ्योपचारका लागि पनि धरान, बिराटनगर, काठमाडौं र छिमेकी मुलुक भारत जानुपर्ने बाध्यता हटाउन उदयपुर अस्पताललाई सक्षम बनाउने अभियान अन्तर्गत शिविर राखिएको र सफल भएको उनलेब ताए।  

दुई दिने शिविरले अस्पताल सक्षम हुँदै गएको प्रमाणित गरेको नर्सिङ विभाग प्रमुख छवित्रा राईले बताईन्। उनले जिल्लामै जटिल प्रकृतिको हर्निया र हाईड्रोसिल अप्रेशन नि:शुल्क गर्न पाउँदा सेवाग्राहीहरु खुशी भएको पनि बताईन्। यसअघि सामान्य बिरामीको उपचार गर्न पनि बाहिर जिल्ला जानुपर्ने ‘रिफर सेन्टर’ हुँदै आएको उदयपुरमा अव हर्निया र हाईड्रोसिलदेखि हाडजोर्नीसम्मको सफल उपचार हुन थालेको राईको भनाई छ।  

‘जटिलखाले गर्भवति महिलाको सल्यक्रियाबाहेक अन्य रोगको अप्रेसन त टाढाको कुरा, रोग पत्ता लगाउनसम्म सकिन्नथ्यो,’ राईले भनिन्, ‘पछिल्लो समय एकसे एक विशेषज्ञ डा.हरु आएपछि  विराटनगर र धरानमा हुने उपचारहरु यही गर्न थालेका छौं। अझ यसलाई विस्तार गर्ने योजना अस्पतालले बताएको छ।’

अस्प्तालले पछिल्लो समय हाडजोर्नीको अप्रेसन पनि बाक्लै गर्न थालेको छ भने अन्य रोगका विशेषज्ञ डा. हरु पनि सरुवा भई आएपछि धरान र बिराटनरमा पाइने सेवा यहीबाट दिलाउने प्रयास भईरहेको मेसु झाले बताएका छन्।

प्रकाशित: ११ असार २०७९ १४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App