coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त हुनु हो: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताएका छन्।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय मूल समारोह समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले मन र मष्तिस्कको सन्तुलन नै योग भएको बताए। उनले भने, 'आम नागरिक निरोगी बन्न तथा मन र मष्तिस्कको सन्तुलन कायम गर्न योग गर्न आवश्यक छ, मानव जीवनमा योगको अत्ति नै आवश्यक रहेको छ।'

मन्त्री आलेले सन्तुलित, शारीरिक र मानसिक रुपले संयमतापूर्वक निर्वाह गरिने मानव सम्बन्धहरुको सन्तुलन नै योगको सार भएको बताए। सजगता, संयमता र लगनशीलता जस्ता महत्वपूर्ण मूल्यहरुमार्फत सकारात्मक सोचको विकास गर्न योगले निकै मदत गर्नेसमेत उनले जानकारी गराए। मानसिक र आध्यात्मिक शान्ति र सन्तुलन मात्र नभई योगले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने उनले बताए। स्वस्थ, स्वास्थ्य तथा सन्तुलित सम्बन्धले व्यक्ति मात्र नभई समुदायमा समेत स्वच्छता र सहिष्णुता प्रवद्र्धन गर्ने भएकाले आम नागरिकले योग गर्न आवश्यक रहेको मन्त्री आलेको भनाइ थियो।

उनले थप भने, 'हामीले हाम्रो मन्त्रालय र मातहतका निकायबाट योगलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम पनि ल्याएका छौँ, योग गर्नुपर्ने बानीको विकास गर्ने छौँ।' अन्तर्राष्ट्रिय मूल समारोह समितिका उपसंयोजकसमेत रहेका मन्त्री आलेले योगलाई अध्ययन र सिकाइको विषय बनाई यसका बारे अध्यापन गराउन पनि आग्रह गरे।  

प्रकाशित: ७ असार २०७९ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App