१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपालमा मंकिपक्सको पहिलो शंकापस्द बिरामी भेटिए

नेपालमा बिहीबार पहिलोपटक मंकिपक्सको शंकास्पद बिराामी भेटिएका छन्। दुबईबाट नेपाल आएका २६ वर्षीय युवामा मंकिपक्सका लक्षण भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलले राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रेफर गरेको थियो।  

महाशाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोगमा भर्नाको लागि पठाएको जानकारी दिएको छ। महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलका प्यारामेडिक्सले शंकास्पद लागेपछि महाशाखाका रेफर गरेको, महाशाखाले छालारोग विशेषज्ञलाई देखाउने र विशेषज्ञले पनि शंका गरेमा मात्र उनको नमुना परिक्षण गरिने बताए।

नेपालमा मंकिपक्सको परीक्षणको लागि प्रयोगशाला नभएकोले भारत शंकापस्द लागेमा भारत पठाइने निर्देशक दासले बताए। ‘छालारोग विशेषज्ञले हेर्न बाँकी छ, त्यसपछि मात्र पहिचानको थप प्रक्रिया अघि बढ्छ,’ उनले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले छालारोग विशेषज्ञले शंकास्पद युवालाई हेर्न बाँकी छ।  

टेकु अस्पतालका अनुसन्धान शाखा संयोजक डा. शेर बहादुर पुनका अनुसार दुबईलगायतका मध्यपूर्वी देशमा मंकिपक्स देखिइसकेको र केही दिन पहिले भारतमा समेत देखिइसकेकोले नेपालमा अन्य व्यक्तिमा पनि संक्रमण हुन सक्ने जोखिम रहेको बताए। तर कोरोना भाइरस जस्तो सजिलै धेरै व्यक्तिमा नफैलिने हुनाले त्रासमा बस्नु नपर्ने बताए। युरोपमा फैलिएको मंकिपक्स समलिंगी पुरुषहरूको गुप्ताङ्गमा भेटिएकाले बढी यौन सम्पर्कवाट पनि फैलिने जोखिम रहेको बताए। पुनका अनुसार शरीरको बाहिरी भागमा रहेको विविरा सजिले देखिने र छिटो पहिचान भई उपचारमा जाने हुनाले अरूलाई सार्ने सम्भावना कम हुन्छ तर यौन सम्पर्कको माध्यमबाट सरेमा पहिचान हुन कठिन हुने भएकोले थप सजक हुन आवश्यक रहेको उनले बताए।  

यसको साथै समुदायमा शरिरमा या यौन अंगमा घाउ, बिबिरा देखिएका कुनै पनि व्यक्ति छिटोभन्दा छिटो छालारोग विशेषज्ञकोमा गएर परीक्षण गर्न र अन्य व्यक्तिबाट टाढा बस्नको लागि सुझाव दिए। मंकिपक्स थुकको छिटा र घाउबाट निस्केको छिटावाट पनि अर्को व्यक्तिमा सर्ने भएकाले भीडभाडमा जाँदा मास्क लगाउनको लागि सबै मानिसलाई सुझाव दिए।  

चिकित्सकका अनुसार मंकिपक्स संक्रमण भएको व्यक्तिहरूमा ज्वरो आउने, मांशपेशीमा दुखाई हुने, सुन्निने, टाउको दुख्ने, जाडो महसुस हुने र थकाइ लाग्ने हुन्छ भने पछि गएर शरीर तथा हातका फोकाजन्य घाउ फैलिने र तीन सातापछि लक्षण हराएर जान्छ। तर यो रोग लागेमा प्रतिरोध क्षमता कमजोर भएका व्यक्ति, बालवालिका र वृद्धाहरूमा जटिलता हुन सक्ने भएकोले सवै जना संक्रमणबाट बच्न सुझाएका छन्। यसको साथै यो संक्रमणले शरीरका अन्य अंगहरू मुटु, मिर्गौला र फोक्सो समेत फेल भइ कतिपय मानिसको मृत्युसमेत हुन्छ।  

विश्व स्वास्थ्य संगठनका अनुसार मंकिपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ र यो भाइरस दादुरा गरउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो। संगठनका अनुसार यो रोग हालसम्म २० वटा देशहरूमा फैलिसकेको छ।

प्रकाशित: ३ असार २०७९ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App