७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

थप २१ जनामा संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ६२८ जनाको नमूना परीक्षण गरिएको थियो। दुई हजार २५ जनाले पिसीआर र एक हजार ६ सय ३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा १३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार २४ पुगेको छ। संक्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६३ हजार ३८५ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या १२९ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ। होम आइसोलेशनमा १२९ जना संक्रमित रहेका छन्।

हाल देशभरमा २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला कुनै पनि छैनन्। शून्य संक्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, पर्सा, सप्तरी, रौतहट, बारा, दोलखा,  सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, रुकुम पूर्व, कपिलवस्तु, प्युठान, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, सुर्खेत, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा रहेका छन्।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३७, ललितपुर एक र भक्तपुरमा दुई सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कूल संक्रमण दर १७ दशमलव दुई प्रतिशत छ। 

प्रकाशित: १२ जेष्ठ २०७९ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App