coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

थाइराइडका बिरामीलाई अल्का अस्पतालमा छुट, टिएफटी परीक्षण निःशुल्क

थाइराइड भएका बिरामीहरुका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले थाइराइड भएका बिरामीहरुलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। अल्का अस्पताललको प्राङगणमा सुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाभन्दा बढीलाई सेवा लिन सक्ने अस्पतालले जनाएको छ।

निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका विरामीहरुलाई गरिने परीक्षणहरु मध्ये टिएफटी निःशुल्क गरिएको छ भने अन्य ल्याव परीक्षणहरुमा भारी छुट गरिएको अल्का अस्पताल प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए।

शिविरमा आएका बिरामीहरुले १ महिनासम्म फलोअप गरेमा पनि कुनै शुल्क नलिने उनले बताए।  

शिबिर गर्नुअघि थाइराइड दिवसका अबसरमा अल्का अस्पतालले जनचेतनामुलक र्‍याली निकालेको थियो। अल्का अस्पतालबाट सुरु भएको र्‍याली पुल्चोक, मंगलबजार, पाटन दरबार स्क्वायर, लगनखेल, कुमारीपाटी हुँदै पुनः जावलाखेल आएर सकिएको थियो।

र्‍यालीको यस अस्पतालका अध्यक्ष कुमार थापा, अपाङता भएका ब्यक्ति रमेश नेपालीले रिवन काटेर उद्घाटन गरेका थिए।

प्रकाशित: ११ जेष्ठ २०७९ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App